राजनितिक गतिविधि बढ्दै जादा कोरोनाको जोखिम बढ्दै

राजनीति कोरोना कोरोना महामारीको जोखिम कायमै रहेका बेला दिनहु जसो भैरहने प्रदर्शन र आन्दोलनले समस्या थपिन सक्ने भन्दै विज्ञहरुले चिन्ता ब्यक्त गरेका छन । आन्दोलन र्याली तथा सभा सम्मेलनका कारण महामारी नियन्त्रणमा समस्या हुने भन्दै दलहरुलाई यसको विकल्प खोज्न उनीहरुको आग्रह छ ।
कोरोना महामारीले जनजिवन अस्तब्यस्त बनाएको एक बर्षमा नेपालमा २ लाख ७२ हजार भन्दा संक्रमित भएका छन् भने २ हजार भन्दा बढीले ज्यान गुमाएका छन । पछिल्लो समय संक्रमित संख्या कम हुदै गएको देखिएपनि महामारीको जोखिम कायमै रहेका बेला दैनिक जसो आयोजना भएका सभा सम्मेलनजस्ता राजनीतिक गतिविधिले तिब्रता पाएका छन । संसद विघटनपछि विथोलिएको राजनीतिका कारण देशभर राजनीतिक गतिविधि बढिरहदा संक्रमणको जोखिम झनै बढदै गएको विज्ञहरुको बुझाइ छ ।
एकातिर महामारी नियन्त्रणका लागि खोप अभियान चलिरहेको छ भने अर्को तर्फ मानिसहरुको भिडभाड हुने गतिविधिहरु बढिरहेका छन । विश्वका विभिन्न मुलुकमा खोप अभियानसँगै अन्य सावधानीमा कडाइ गरिरहदा नेपालको पछिल्लो अवस्थाले महामारी पुन समुदायमा फैलिन सक्ने त्रास कायमै छ । यसै पनि मानिसहरुको भिडभाड हुने राजधानीमा आयोजना भइरहेका सभाहरुमा देशका विभिनन्न स्थानबाट हजारौ मानिस ल्याइएको छ ।
यो अवस्थामा न त आयोजक सचेत देखिन्छन न त नागरिकहरुमा पूर्ण सावधान छन । पक्षका साथै सरकारपक्षबाट समेत निरन्तर भैरहेका यस्ता सभाले एकातर्फ राजधानीको जनजिवन प्रभावित भएको छ भने अर्कोतर्फ समुदायसम्म पुन संक्रमण फैलिने जोखिम यथावत नै छ ।