ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

आईटीएफ वल्र्ड टेनिस टुर– जे ५-अभिलाषा क्वाटरफाइनलमा

सेयर गर्नुहोस
  • 16
  •  
  •  
  •  
    16
    Shares

काठमाडौं, माघ २८ गते । नेपालकी अभिलाषा विष्ट आईटीएफ वल्र्ड टेनिस टुर– जे ५ अन्तर्गत दोश्रो सर्किटको महिला सिंगल्समा बुधबार क्वाटरफाइनलमा प्रवेश गरेकी छिन् । नेपाल टेनिस संघद्वारा आयोजित प्रतियोगितामा अभिलाषाले भारतकी मिली चुगलाई ६–१ र ६–१ ले सहजै पराजित गरिन् ।

सातदाबाटोस्थित टेनिस कोर्टमा नेपालका आरभसम्राट हाडा र अकी जुवेन रावतको जोडीले पुरुष डबल्समा विजयी यात्रालाई जारी राख्दै क्वाटरफाइनलमा स्थान बनाए । उक्त जोडीले फ्रान्सका भेलेन्टिन फाउरे र भारतका युभान नन्दलाललाई ५–७, ६–२ ९१०–२० ले हराए ।

महिला डबल्समा भने नेपालका प्रेरणा कोइराला र सलोनी तामाङको जोडी प्रिक्वाटरफाइनलमै रोकिए । प्रेरणा र सलोनीको जोडी अमेरिकाकी साइना देशपाण्डे र फिनल्यान्डकी अनाइस फर्नान्देज लाक्सोनेन्संग ७–६ ९७० र ६–४ ले चुके ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *