ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

निर्वाचन आयोगमाथी आक्रामक दाहाल-नेपाल समुह, आधिकारिक्ता छुट्ट्याउन प्रदर्शनी मार्गमा निमन्त्रणा

काठमाडौं माघ २८ । नेकपा दाहाल नेपाल समुहका अध्यक्ष प्रचण्डले निर्वाचन आयोगलाई खुट्टा नकमाउन आग्रह गरेका छन् ।

काठमाडौंमा आयोजित सभालाई संवोधन गर्दै अध्यक्ष प्ररचण्डले पार्टि केन्द्रिय समितिमा ७० प्रतिशत रहेको दावी गर्दैं ३० दिनको हदम्याद काट्योभन्नु हास्यास्पद रहेको समेत जनाएका छन् । उनले प्रधानमन्त्री केपी शर्मा ओलीले जनताका पीडा नबुझ्ने हो भने अब सिंहदरबार र बालुवाटार घेर्ने दिन आउने चेतावनी समेत दिएका छन् ।

प्रधानमन्त्री ओलीले लोकतन्त्रको हत्या गरेको आरोप लगाउँदै नेता दाहालले ओलीले एकपछि अर्को मुद्दामा जनतालाई झुक्काइरहेको आरोप लगाउदै दुई वर्षमा विभिन्न नाममा ठगी गरेका ओलीले अहिले राम मन्दिरको नाममा जनतालाई ठगिरहेको समेत आरोप लगाए । तेस्तै प्रचण्डले गृहमन्त्री रामबहादुर थापा र प्रभु साहलाई लक्ष्तित गर्दैं वर्तमान सरकारका दुई जना मन्त्री फर्किनका लागि आफूसँग वार्ता गरिरहेको दाबी गरे ।

तेस्तै अर्का अध्यक्ष माधवकुमार नेपालले निर्वाचन आयोगलाई केन्द्रिय सदस्यको टाउको गन्न आग्रह गरे । आफुसंग बहुमत केन्द्रिय सदस्य रहेको दावी गरेका नेपालले ४ सय ४१ जना निर्वाचन आयोगमा आउन तयार रहेको भन्दै ४ सय ४१ जना नै निर्वाचन आयोगमा आउन तयार भएको जानकारी दिए । प्रधानमन्त्री केपी शर्मा ओली पहिलो नम्बरको अध्यक्ष नभएको जिकिर गर्दै नेपालले ओली पहिलो नम्बरको अध्यक्ष भनेर कहीँ उल्लेख नभएको जिकिर गरे ।

निर्वाचन आयोगमा आफू पहिलो नम्बरको अध्यक्ष भनेर ओलीले दाबी समेत गरे । वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले निर्वाचन आयोगलाई कुन चाहिँ नेकपा आधिकारिक हो भन्ने छुट्ट्याउन गाह्रो परेको भए प्रदर्शनी मार्ग आउन आग्रह गरे । विरोध सभामा बोल्दै खनालले अब कुन पक्ष आधिकारिक पार्टी हो भन्ने छुट्ट्याउन गाह्रो नहुने जिकिर गरे ।

आगामी चुनावमा ओलीको जमानत जफत हुने दाबी खनालको थियो । नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले यो सरकार अवैधानिक भएकाले केपी ओलीलाई १ मिनेट पनि प्रधानमन्त्री पदमा बस्ने वैधानिक आधार नभएको दावी गरे । संवैधानिक निकायमा गरिएको नियुक्ति खारेज गर्नु र संसदलाई सुचारु गर्नु नै आन्दोलनको मुल उद्देश्य रहेको बताउदैं श्रेष्ठले ।

प्रधानमन्त्रीको मनसाय चुनाव गराउनमा नरहेको समेत जिकिर गरे । तेस्तै नेता जनार्दन शर्माले जनताको बोली नसुन्ने हो भने जनता विद्रोहमा उत्रने दावी गरे । संघियता विरोधी शक्तिहरु आफै समाप्त भएर जाने भन्दै शर्माले जनताको आवाज नसुन्ने हो भने जनता आफै विद्रोहमा उत्रने जिकिर गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *