ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

महिला भलिबलमा एपिएफ पुलिससँग पराजित, डायमन्डको संघर्षपूर्ण जित

पोखरा, माघ २७ । एपिएफलाई हराउँदै नेपाल पुलिसले पोखरामा आजबाट सुरु भएको टाईगर कप क्लब च्याम्पियन्सपिमा सुखद सुरुआत गर्दा होङ्वान्जी न्यु डायमन्ड एकेडेमीले त्रिभुवन आर्मीमाथि संघर्षपूर्ण जित निकालेका छ ।

मंगलबारको विहानको पहिलो खेलमा एपीएफ नेपाल पुलिस क्लबसँग सोझो सेटमा पराजित भएको हो । पहिलो सेट निकै प्रतिस्पर्धात्मक पुलिसले २६–२४ ले बाजी मारेको थियो । दोस्रो सेट पछि नेपाल पुलिसले अग्रता लिदैं २५–२२ को स्थितिमा आफनो पक्षमा पार्दै एपीएफ विरुद्ध जित नजिक पुगेको थियो । अन्तिम सेट पनि एपीएफलाई कुनै मौका नै नदिई पुलिसले २५–११ को सेटमा पराजित गर्दै क्लब च्याम्पियनसिपमा आफनो सुखद शुरुवात गर्यो ।

दिनको दोस्रो खेलमा नेपाल आर्मीले दोस्रो र तेस्रो सेट आफनो पक्षमा पार्दै जितको सम्भावना देखाएपनि अन्तत न्यु डायमण्ड एकेडेमीले पाँचौ सेट सम्मको खेलमा स्कोर निकाल्दा नसक्दा पराजित हुन पुगेको हो । पहिलो सेट न्यु डायमण्डले २५–१२ मा लिदैं आर्मीमाथि हावी हुने संकेत देखायो । तर दोस्रो सेटमा भने आर्मीले लय समात्यो । २२–२५ को अवस्थामा डायमण्डले आर्मीलाई सेट सुम्पिदैं बराबरीमा रह्यो । १–१ सेट लिएको अवस्थामा तेस्रो सेट प्रतिस्पर्धात्मक बन्ने अपेक्षा थियो । डायमण्ड एकेडेमीले आर्मीमाथि दबास सृजना गर्दै २५–१८ मा सेट लिदैं सेटमा आग्रता बनाउन पुग्यो । चौथो सेट भने आर्मीले आफनो पक्षमा पार्दै निर्णायक सेटसम्म खेल धकेलिएको थियो । २५–२७ मा डायमण्डले गुमाउँदै आर्मीसँग निर्णायक सेटसम्म कुर्नुपर्यो । तर अन्तिम सेट पनि निकै प्रतिस्पर्धात्मक रह्यो । १५–१३ ले लिदैं आर्मीमाथि डायमण्डले जित दर्ता गर्दै क्लब च्याम्पियनसिपमा गतिलो शुरुवात गर्यो ।

टाईगर कप क्लब च्याम्पियनसिपमा मंगलबार पुरुष तर्फको प्रतिस्पर्धामा भने गण्डकी प्रदेश घरेलु कोर्टमा नेपाल पुलिस क्लबसँग पराजित भएको छ । पोखरा रंगशालामा आयोजित क्लब च्याम्पियनसिपमा नेपाल पुलिस क्लबले गण्डकी प्रदेशलाई सोझो सेटमा पराजित गर्दै तीन अंक जोड्यो । पहिलो सेट २७–२५ को स्थिति पु¥याउँदै प्रतिस्पर्धामा गरेको गण्डकी प्रदेश दोस्रो र तेस्रो सेटमा निरिह देखियो । दोस्रो सेट २५–२१ र तेस्रो सेटमा २५–२२ ले गुमाउँदै गण्डकी प्रदेशले उद्घाटन खेल पुलिसलाई सुम्पिन बाध्य बन्यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *