कोरोनाविरुद्वको खोप पत्रकार, र कुटनितिज्ञ कर्मचारीलाई लगाउन थालेसँगै सरकारको आलोचना

काठमाडौं माघ २७ । खोप अभियान नेपालमा कोरोना विरुद्ध खोपको दोस्रो चरण चलिरहेको छ । पहिलो चरणमा अग्रमोर्चामा खटिने स्वास्थ्यकर्मी सुरक्षाकर्मी, सफाइकर्मी लगायतलाई लगाएपछि दोस्रो चरणमा दुतावास तथा कुटनीतिक नियोगका कर्मचारी,पत्रकार लगायतलाई खोप लगाइदैछ । तर प्रार्थमिकता निर्धारण गरिएअनुसार खोप अभियान सन्चालन हुन नसकेको भन्दै सरकारको आलोचना हुन थालेको छ ।
नेपालमा कोरोना विरुद्धको खोप अभियान सन्चालन भैरहदा प्रार्थमिकता निर्धारण अनुसार सरकारले काम गर्न नसकेको भन्दै आलोचना हुन थालेको छ । अभियानको पहिलो चरणमा अग्रमोर्चा खटिने स्वास्थ्यकर्मी सुरक्षाकर्मी सफाइकर्मी लगायतलाई तोकिएपनि अपेक्षित रुपमा लक्षित बर्गले खोप नलगाएपछि सरकारले दोस्रो चरण अन्तर्गत कुटनीतिज्ञ,दुतावासका कर्मचारी तथा पत्रकार लगायतलाई खोप लगाइरहेको छ ।

खोपबारे प्रयाप्त अध्ययन अनुसन्धान हुन बाँकी रहेको भन्दै कतिपयले खोप नलगाउदामा केहि हदसम्म संसय पैदा भएको छ भने अर्कोतर्फ ज्येष्ठ नागरिक तथा संक्रमणको बढी जोखिम हुने समुदायलाइ प्रार्थमिकता अनुसार खोप दिन नसकेको भन्दै सरकारको आलोचना हुन थालेको हो ।जारी खोप अभियानमा अक्सफोर्ड विश्वविद्यालय र बेलायती कम्पनि एस्ट्राजेनेकाले निर्माण गरेको र भारतिय कम्पनि सेरम इन्सिच्युटले उत्पादन गरेको कोभिसिल्ड खोप प्रयोग भइरहेको छ ।
पहिलो चरणमा ४ लाख ३० हजार नागरीकमा खोप लगाउने योजना बनाए पनि त्यो पुरा हुन नसक्दा बाँकि रहेको खोप सरकारले पत्रकार, युएन एजेन्सी, दूतावास तथा कूटनीतिक नियोगका कर्मचारीलाई लगाउन थालेको हो । सरकारले तयार पारेको सुचीमा लक्षित समूहको पहिलो प्राथमिकतामा स्वास्थ्यकर्मी, सरसफाइकर्मी, एम्बुलेन्स तथा शववाहन चालक, जेलका बन्दी र त्यहाँ कार्यरत सुरक्षाकर्मी, विमानस्थल तथा भन्सारका कर्मचारी, जेष्ठ नागरिकहरु र दीर्घरोगीलाई राखिएको थियो ।
तर सूचीमा परेका जेष्ठ नागरिक, दीर्घरोगी लगायतले खोप लगाउन नपाउँदै पत्रकार र कूटनीतिक नियोगका कर्मचारीलाई दिन सुरु गरिएको भन्दै कतिपयले विमती जनाएका हुन । पहिलो चरणको अभियान अपेक्षित हुन नसक्दा सोहि बाँकि खोपलाई दोस्रो चरण अन्तर्गत लगाउन शुरु गरिएको विज्ञहरु बताउछन ।
यसैविच खोप लगाउने नलगाउने बारे दुविधा भैरहदा खोप लगाएपछि सामान्य लक्षण देखिनु स्वभाविक भएको बताउदै यसबारे चिन्तित नहुन विज्ञहरुले सुझाएका छन । अहिले नै जेष्ठ नागरिकलाई खोप दिँदा समुदायमा जानुपर्ने र ठूलो मात्रामा खोप आवश्यक पर्ने हुनाले खोपको उपलब्धता हेरेर निश्चित समूहमा जानु परेको स्वास्थ्य सेवा विभागको भनाई छ ।।