बजेटको अर्धवार्षिक समिक्षा, खर्चको आकार घटेपनि आर्थिक बृद्धि र राजश्वको लक्ष्य घटेन्
अर्थ मन्त्रालयले चालु आर्थिक वर्षको बजेटको मध्यावधि समिक्षा गर्दै कुल बजेटको ९१ प्रतिशत खर्च हुने संसोधित अनुमान गरेको छ । अधिकांश बजेट खर्चका शिर्षकहरु घटाएको मन्त्रालयले राजस्व संकलनका लक्ष्यहरुमा समेत संसोधन गरेको छ ।
त्यस्तै निर्वाचनका लागि आवश्यक पर्ने खर्च चालु खर्च कटौति मार्फत जुटाउने तयारी गरिएको अर्थमन्त्रालयले जानकारी दिएको छ । चालु आर्थिक वर्षका लागि सरकारले १४ खर्ब ७४ अर्ब ६ ४ करोड रुपैयाँको बजेट प्रस्तुत गरकोमा अर्धवार्षिक समिक्षा मार्फत ९१ दशमलव १९ प्रतिशत अर्थात १३ खर्ब ४४ अर्ब ६८ करोड रुपैयाँ खर्च गर्ने संसोधित अनुमान गरेको हो ।
चालुतर्फ ९ खर्ब १४ अर्ब अर्थात ९६ प्रतिशत, पूँजीगत तर्फ २ खर्व ८६ अर्ब अर्थात ८० प्रतिशत र वित्तिय व्यवस्थातर्फ १ खर्ब४६ अर्बअर्थात ८५ प्रतिशत बजेट खर्च गर्ने अनुमान गरेको छ । त्यस्तै सरकारले राजस्व संकलन र आन्तरिक ऋण तर्फ १० खर्ब ७४ अर्ब, बाह्य ऋण २ खर्व ३५ अर्ब र अनुदान ३५ अर्ब संकलन गर्ने लक्ष्य राखि आम्दानीको स्रोतहरु समेत घटाएको छ ।
चालु आर्थिक वर्षको दुई महिना कोभिडक कारण प्रभावित भएकाले खर्च घटाउनु परेपनि आर्थिक गतिविधिहरु तिव्ररुपमा अगाडी बढिरहेकाले राजस्व संकलनको लक्ष्य भेटाउन सकिने अर्थमन्त्रालयको भनाई छ । भन्सारबाट पुँजीगत समाग्री आयात बढिरहेको तथा माघ महिनामा भन्सारबट संकलन हुने राजस्व लक्ष्य भन्दा बढि भएकाले राजस्वको लक्ष्य भेटाउन सकिने अर्थमन्त्रालयको भनाई छ ।
त्यस्तै सरकारले चालु खर्चलाई कटौति गरेर कोभिड र निर्वाचनमा खर्च गरिने अर्थमन्त्रालयले जानकारी दिएको छ । निर्वाचनको प्रारम्भिक चरणको तयारीका लागि ७ अर्ब रुपैयाँ निकासा भइसकेको र आयोगको आवश्यक्तानुसार खर्च दिईने अर्थमन्त्री विष्णुप्रसाद पौडेलले जानकारी दिएका छन् ।
त्यस्तै हालसम्म सरकारले राष्ट्रिय गौरवका आयोजनामा १५ प्रतिशत मात्रै वजेट खर्च गर्न सकेको छ भने पुँजीगत खर्चको अवस्था पनि सुधार भएको देखिदैन् । कोभिडक कारण आर्थिक गतिविधिहरु संकुचित बन्दा सरकारको राजस्वको लक्ष्य समेत पुरानहुने देखिन्छ । यद्यपी सरकारले केन्द्रिय तथ्याङंक विभागलाई देखाउदै आर्थिक वृद्धिको लक्ष्य भने घटाएको छैन् ।