देशभर १ सय ६० जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं माघ २७ । देशभरका विभिन्न प्रयोगशालाहरुबाट गरीएको ४ हजार ३ सय ९ वटा नमुना परीक्षणमा काठमाडौं उपत्यकामा ७९ जना सहित देशभर १ सय ६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । हालसम्म संक्रमण पुष्टि हुने संख्या २ लाख ७२ हजार २ सय १५ रहेका छन् ।
कोरोनाका कारण थप २ जनाले ज्यान गुमाएका छन् । हालसम्म कोरोनाका कारण मृत्यु हुने संख्या २ हजार ४७ पुगेको छ । देशभरबाट गत चौबीस घण्६मा १ सय ६५ जना कोरोना मुक्त भएका छन् । हालसम्म कोरोना मुक्त हुने संख्या २ लाख ६८ हजार ४ सय ४१ रहेको छ । हालसम्म कोरोना संक्रमण निको हुने संख्या ९८ दशमलव ट रहेको छ ।
देशभर ८७ जना क्वारेन्टिनमा रहेका छन् भने देशभर संक्रिय संक्रमित संख्या १ हजार ७ सय ३७ जना रहेका छन् । देशभर आसियुमा उपचारत ६४ जना र भेन्टिलेटरमा १५ जना रहेका
छन्।