अर्थले घटायो वजेट खर्चको लक्ष्य , ९१.९१ प्रतिशत मात्रै खर्च गर्ने संसोधित अनुमान
काठमाडौं माघ २७ । अर्थमन्त्रालयमा आयोजित वजेट अर्धवार्षिक समिक्षा मार्फत बजेट खर्चका लक्ष्य घटाइएको जानकारी दिएको हो ।
सरकारले चालु आर्थिक वर्षका लागि १४ खर्व ७४ अर्व रुपैयाँ वरावरको वजेट खर्च गर्ने लक्ष्य राखेकोमा उक्त लक्ष्यलाई घटाउदै ९१ दशमलव ९१ प्रतिशत अर्थात १३ खर्व ४४ अर्व ६८ करोड रुपैयाँ खर्च गर्ने संसोधित अनुमान गरेको छ । चालुतर्फ ९ खर्व १४ अर्व अर्थात ९६ प्रतिशत , पूँजीगत तर्फ २ खर्व ८६ अर्व अर्थात ८० प्रतिशत र वित्तिय व्यवस्थातर्फ १ खर्व ४६ अर्व अर्थात ८५ प्रतिशत वजेट खर्च गर्ने अनुमान गरेको छ ।
त्यस्तै सरकारले चालु खर्चलाई कटौति गर्दै वाँकी कोभिड र निर्वाचनका लागि खर्च गर्ने तयारी गरेको । मन्त्री पौडेलले निर्वाचनका लागि ७ अर्व रुपैयाँ निकासा दिइएको वताएका छन् ।
सरकारले चालु आर्थिक वर्षको वजेटको लक्ष्य संसोधन गरेपनि आर्थिक वृद्धिको लक्ष्य भने घटाएको छैन् ।