निर्वाचन आयोगको तयारीबाट प्रधानमन्त्री उत्साहित

काठमाडौं माघ २७ । प्रधानमन्त्री केपी ओलीले निर्वाचन आयोगलाई पूर्व निधारित मितिमा नै निर्वाचन संपन्न गर्ने गरी तयारी गर्न आग्रह गरेका छन् । संसद विघटन पछि पहिलो पटक आयोग पुगेका ओलीले निर्वाचन तयारीलाई तिव्र बनाउन समेत आग्रह गरे ।
प्रधानमन्त्री केपी ओलीले आज निर्वाचन आयोग पुगेर निर्वाचनको तयारीको काम निरन्तर अगाडि बढाउन आग्रह गरेका हुन् । उपप्रधानमन्त्री ईश्वर पोखरेल, अर्थमन्त्री विष्णु पौडेल तथा नेकपा नेता सुवास नेम्वाङ सहित आयोग पुगेका ओलीले करिव एक घण्टा छलफल गरेका थिए ।
निर्वाचनका प्रमुख आयुक्त सहित अन्य आयुक्तसंग करिव एक घण्टा छलफल गरेका प्रधानन्त्री ओलीले आयोग तयारीबाट उत्साहित भएको भन्दै आयोगलाई शुभकामना समेत दिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले जानकारी दिए ।
गत पुस ५ गते सरकारले संसद विघटन गरेलगत्तै नेकपा दुई खेमामा विभाजित भएपछि प्रधानमन्त्री ओली निर्वाचन आयोग पुगेको पहिलो पटक हो । संसद विघटन गर्दै वैशाख १७ र २७ गते दुई चरणमा निर्वाचन गर्ने सरकारले यस अघि नै मिति तोकिसकेको छ