ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

बैशाख १७ मा ४० र २७ गते ३७ जिल्लामा निर्वाचन गर्ने सरकारको निर्णय आज नै प्रधानमन्त्री ओली आयोगमा

सेयर गर्नुहोस
  • 18
  •  
  •  
  •  
    18
    Shares

काठमाडौं माघ २७ ।सरकारले तोकेकै मितिमा निर्वाचन गर्ने भन्दै दुई चरणका लागि जिल्ला निर्धारण गरेको छ । जसमा वैशाख १७ गते ४० र २७ गते बाँकी ३७ जिल्लामा आमनिर्वाचन गर्ने सोमबार बसेको मन्त्रीपरिषदको बैठकले निर्णय गरेको छ ।

पहिलो चरणमा अर्तात वैशाख १७ गते प्रदेश २, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका ४० जिल्ला तेस्तै वैशाख २७ गते कर्णाली, बागमती र प्रदेश १का ३७ जिल्लामा चुनाव हुने छ ।

प्रधानमन्त्री केपी ओलीले पुस ५ गते संसद विघटन भएपछि बैशाख १७ र २७ गते निर्वाचनको मिति तोकेको छ भने संसद पुन स्थापना संवन्धमा अदालतमा परेका मुद्दाको सुनुवाई जारी छ ।

आज नै निर्वाचनको तयारीबारे बुझ्न प्रधानमन्त्री ओली निर्वाचन आयोग जाने भएका छन् । उनको साथमा ओली समूहका नेता सुवास नेम्वाङले प्रधानमन्त्री, उपप्रधानमन्त्री र अर्थमन्त्रीसहित नेताहरू आयोग जाने तयारीमा छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *