निर्माला पन्तको हत्या जस्तो भागरथीको हत्या प्रकरण जटिल छैन छिट्टै संलग्नलाई कारबाही हुन्छ – गृहमन्त्री थापा
24 - 24Shares

काठमाडौं माघ २७ । बैतडीकी किशोरी भागरथी भट्टको हत्याको घटनाको अनुसन्धानले चाडै निकास दिने गृहमन्त्री रामबहादुर थापाले जनाएका छन् । भागरथीको घटना निर्माला पन्तको जस्तो जटिल नभएको भन्दैं छिटै अनुसन्धानले पुर्णता पाउने जनाएका हुन् ।
भागरथीको बलात्कार पछि भएको हत्याको तत्काल अनुसन्धान गरी दोषिलाई कारवाहीको माग गर्दै नेपाल विद्यार्थी संघले विहानमात्र गृहमन्त्री रामबहादुर थापा बादललाई भेटेर ज्ञापन पत्र बुझाएको थियो ।
ज्ञापन पत्र बुझाउदैं नेविसंघका नेता कार्यकर्ताहरुले यस अघि निर्मला पन्त, सम्झना विक लगायतका किशोरीहरुको बतालत्कार हुदाँ पनि सरकारको अनुसन्धान प्रकृया कम्जोर देखिएको भन्दै यस घटनामा यस्तो कम्जोरी नगर्न आग्रह गरेका थिए । जवाफमा मन्त्री थापाले अनुसन्धान अघि बढि रहेको भन्दै चाडै हत्यारा पत्ता लगाएर हदैसम्मको कारवाही गर्ने आस्वासन दिएको नेविसंघ महामन्त्री बलदेव तिमल्सिनाले जानकारी दिए ।
बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया भागरथी भट्टको गत बुधबार बलात्कारपछि हत्या भएको थियो ।