ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

लघुबित्त कम्पनीको सेयर कारोबारमा कर्नरिङ भएको आशंका गर्दै छानबिन सुरु गर्ने नेपाल धितोपत्र बोर्डको तयारी

काठमाडौं, माघ २६ । केही कम्पनीको सेयरको मुल्य कर्नरिङ गरेर वृद्धि गरिएको आशंका गर्दै धितोपत्र वोर्डले अनुसन्धान प्रकृया अगाडी वढाएको वताएको छ ।

लघुबित्त र इन्स्योरेन्स समूहका केही कम्पनीहरुको सेयरमा चलखेल भएको हुन सक्ने आशंका सहित वोर्डले नेप्सेलाई पनि अनुसन्धान गर्न निर्देशन दिएको छ । कोभिडको कारणले अर्थतन्त्रमा आएको गिरावटले आउदा सेयर बजार परिसुचक नेप्सेमा भने अप्रत्याशित वृद्धि देखिएको छ । पछिल्लो नेप्सेमा आएको उछाललाई कतिपयले अस्भाविक ठान्ने गरेका छन् ।

गत आर्थिक वर्षको असार १५ मा न्युनतमविन्दु ११ सय ७८ अंकमा पुगेको नेप्से त्यसपछी भने निरन्तररुपमा वढ्दै मंसिर ११ गते विगतको १८ सय ८१ अंकको सर्वाधिक वृद्धिको रेकड तोडेको थियो । माघ २६ सम्मको कारोवारमा नेप्सेले हालसम्मकै उच्च विन्दु २५ सय ६१ अंकमा पुगिसकेको छ ।

विगतमा कहिले काही मात्रै अर्व कारोवार हुने गरेको नेप्सेमा हाल दैनिक ६ अर्व रुपैयाँ भन्दा वढीको कारोवार हुने गरेको छ भने पछिल्लो दुई दिनमा १० अर्व भन्दा माथीको कारोवार भएको छ । पछिल्लो उछालमा लघुबित्त कम्पनीको शेयर निकै तिव्र अंकमा वढिरहेको छ । आइतवार ३७ भन्दा वढी कम्पनीको सेयरमा सकारात्मक सर्किटव्रेक लागेको छ । जसमा नागरिक लगानी कोष अन्य केही इन्स्योरेन्स कम्पनीको सेयर वाहेक अधिकांश लघुबित्त कम्पनीको सेयर वढेको छ ।

सानो पुँजी, थोरै लगानीकर्ता र थोरै प्रतिफल भएका लघुवित्त कम्पनीको सेयर वढ्नुको पछाडी कर्नरिङ गरेर कारोवार भएको आशंकाधितोपत्र वोर्डको छ । वोर्ड आफ्नै र नेप्सेलाई पनि ति कम्पनीहरुको सेयरको वृद्धिप्रति अनुसन्धान अगाडी वढाउन आग्रह गरिएको धितोपत्र वोर्डका प्रवक्ता नीरज गिरी वताउँछन् । केही समय अगाडी मात्रै राष्ट्र बैंकको समस्याग्रस्त वित्तिय संस्थाको सुचीवाट हट्दै मुनाफा आर्जन नगरिकनै राइट शेयर जारी गरेको कम्पनीका सेयरमा पनि उच्च चलखेल गएको देखिन्छ ।

त्यस्तै नेपाल टेलिकमको जस्तो सरकारी कम्पनीलाई वोनस वाँड्न वाध्य पारेर वजारमा उछाल ल्याउने काम भइरहेको छ । त्यस्तै एकपटक पनि लांभाश घोषणा नगरेका कम्पनीको सेयर मुल्य अत्याधिकरुपमा वढाइएको छ । यसरी केही ठुला कम्पनीलाई छोडेर अधिकांश थोरै पुँजी र प्रतिफल भएका र खराव कम्पनीको मुल्य वढाउदा साना लागानीकर्ता ठगिनसक्ने देखिन्छ । नेपाल राष्ट्र बैंकले पनि हाल बैंक तथा वित्तिय संस्थाले सहजरुपमा ऋण प्रवाह गरिरहेकाले वजार वढेको हुन सक्ने वताउँछ ।

आगामी दिनमा राष्ट्र बैंकले आफ्नो मौद्रिक नीति मार्फत शेयर जाने कर्जा , मार्जिन ल्याण्डिङ र संस्थागत लगानी जस्ता नीतिमा फेरवदल गरेमा सेयर वजारमा गिरावट आउन सक्ने भएकाले सना लगानीकर्ताले पर्याप्त सुचनाका आधारमा मात्रै लागानी गर्न आग्रह गरेको नेपाल राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्टले गरेका छन् । सेयर वजारमा हुने लगानीले सरकारलाई ५ प्रतिशत मात्रै लाभ कर मात्रै प्राप्त गर्न सक्छ ।

उत्पादनशिल क्षेत्रमा कर्जाको मागमा भएमा त्यसले अर्थतन्त्रमा रोजगारी सृजना , आर्थिक वृद्धि र राजस्व संकलनमा महत्वपूर्ण भुमिका खेल्ने भएकाले केन्द्रिय बैंकले त्यसतर्फ नीति वनाएमा सेयरवजारमा गिरावट आउन सक्छ । गतवर्षको तुलनामा यो वर्ष २५ अर्व रुपैयाँले मात्रै कर्जा वढेकाले वाँकी लगानी कहाँवाट आइरहेको छ त्यो पनि महत्वपुर्ण प्रश्न वन्न सक्छ । अनौपचारिक क्षेत्रवाट आएको लगानीलाई भने केन्द्रिय बैंकको मौद्रिक नीतिले समेत नियन्त्रण गर्न नसक्ने देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *