ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

घ्यू , तेल, दाल , गेडागुडी , माछामासु जस्ता उपभोग्य बस्तुको मूल्य चर्कोरुपमा बढेको केन्द्रिय बैंकको प्रतिबेदन

काठमाडौं, माघ २६ । केन्द्रिय बैंकको पछिल्लो प्रतिवेदनुसार पुस मसान्तसम्ममा घ्युँ तथा तेलको मुल्य १७ प्रतिशतल र दाल तथा गेडागुडीको साँडे १६ प्रतिशतले वढेको प्रतिवेदन सार्वजनिक गरेको छ ।

केन्द्रिय बैंकहरुको प्रतिवेदनले कर्जा विस्तार आक्रमकरुपमा वढेपनि व्याजदरमा भने गिरावट आएको देखाएको छ । नेपाल राष्ट्र बैंकले पुस महिनासम्मको आर्थिक तथा वित्तिय स्थितिको प्रतिवेदन सार्वजनिक गर्दै नेपालमा गत वर्षको सोही अवधिको तुलनामा घ्यू तथा तेल , फलफूल, दाल तथा गेडागुडी र माछा तथा मासु उपसमूहका वस्तुहरुको मुल्य अध्याधिकरुपमा वढेको देखाएको छ ।

प्रतिवेदनका अनुसार बार्षिक विन्दुगत उपभोक्ता मुल्य सुचाङ्कमा आधारित मुद्रास्फिर्ती ३.५६ प्रतिशत रहेको छ । गतवर्षको पुस समान्तको तुलनामा यो आर्थिक वर्षको सोही अवधिमा आयात ४.८ प्रतिशतले वढेको छ भने निर्यात ६.१ प्रतिशतले घटेको छ । समिक्षा अविधिसम्ममा विप्रेषण आप्रवह ११.१ प्रतिशत र अमेरिकि डलरमा ६.७ प्रतिशतले वढेको केन्द्रिय बैंकले जानकारी दिएको छ । समिक्षा अवधिमा सोधान्तरस्थिति १२ खर्व ४९ अर्व २० करोड रुपैयाँले वचतमा रहेको छ । त्यस्तै चालु खाता भने ४९ अर्व ४३ करोड रुपैयाँले घाटामा रहेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा चालु खाता ७९ अर्व ६५ करोड रुपैयाँ रहेको थियो । त्यस्तै समिक्षा अवधिसम्ममा विदेशी मुद्राको सञ्चिति १२ अर्व ७८ करोड अमेरिकि डलर रहेको छ । संघिय सरकारको खर्च ४ सय १५ अर्व ७५ करोड र राजस्व परिचालन ४ खर्व २२ अर्व २० करोड रुपैयाँ रहेको छ । त्यस्तै अर्थतन्त्रमा केन्द्रिय बैंकवाट ९.६ प्रतिशतले मुद्रा अर्थतन्त्रमा गएको छ । अर्थात विस्तृत मुद्रा प्रदाय वढेको छ । जुन वार्षिक विन्दुगत आधारमा २३ प्रतिशतले वढेको केन्द्रिय बैंकले जानकारी दिएको छ ।

त्यस्तै पुस मसान्तसम्ममा बैंक तथा वित्तिय संस्थाको निक्षेप संकलन ९.२ प्रतिशतले वढ्दा बार्षिक विन्दुगत आधारमा निक्षेप संकलन २२ प्रतिशतले वढेको केन्द्रिय बैकको जनाएको छ । समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जा ११.४ प्रतिशतले बढेको छ । अघिल्लोवर्षको सोही अवधिमा यस्तो कर्जा ८.६ प्रतिशतले बढेको थियो । हाल बैक तथा वित्तिय संस्थावाट आक्रमकरुपमा कर्जा विस्तार भएपनि व्याजदरमा भने गिरावट कायम नै रहेको राष्ट्र बैंकले जानकारी दिएको छ ।

पुस मसान्तमा केन्द्रिय बैंकवाट सहुलियत दरमा प्रदान गरिने पुनरकर्जा र६९ अर्ब ९६ करोड रुपैयाँ रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ । बैंक तथा वित्तिय संस्थाले आफ्नो कर्जा विस्तार आक्रमकरुपमा वढाएपनि व्याजदरमा भएको गिरावट भने कायम नै रहेको देखिन्छ । वाणिज्य बैंकहरुको औसत आधार दर २०७६ पुसमा ९.४३ प्रतिशत रहेकोमा २०७७ पुसमा ७.१८ प्रतिशत कायम भएको छ ।

त्यस्तै २०७७ पुसमा वाणिज्य बैंकहरुको निक्षेपको भारित औसत ब्याजदर ५.० प्रतिशत र कर्जाको भारित औसत ब्याजदर ९.०९ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्ता दरहरु क्रमशः ६.७९ प्रतिशत र ११.९४ प्रतिशत रहेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *