ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

महिला राष्ट्रिय लिगमा एपिएफको अपराजित यात्रा कायमै

काठमाडौं, माघ २६ । सावित्रा भण्डारी एक्लैले टोलीका लागि ८ गोल गर्दा विभागीय टोली एपिएफले राजधानीमा जारी महिला राष्ट्रिय लिगमा चौदण्डीगढी नगरपालिकामाथि १४–० को फराकिालो जित निकालेको छ । ललितपुर स्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयको मैदानमा सम्पन्न खेलमा जारी लिगमा कमजोर देखिएको चौदण्डीगढीमाथि गोलको वर्षा गरेको हो ।

फराकिलो जित निकालेको एपीएफले क्लबले राष्ट्रिय महिला लिग फुटबलमा आफ्नो अपराजित यात्रालाई सोमबार पनि कायम नै राखेको छ । फराकिलो जित निकाल्दा सावित्राका अलावा अनिता बस्नेत र अनिता केसीले समान २÷२ गोल गर्दा अनु लामाले र रविना लामाले एक÷एक गोल आफ्नो नाममा लेखाए ।

पहिलो हाफमा ७ गोल गरेको एपिएफले दोस्रो हाफमा पनि ७ गोल थपेर फराकिलो जित निकालेको हो । पहिलो चरणको खेलमा चोदण्डीगढीमाथि २२ गोल गरेको एपिएफले ७ खेलबाट स्पष्ट जित निकाल्दै शीर्षता कायम राखेकोे छ । एपीएफले ७ खेलमा २१ अंक जोडेको हो ।

एपीएफ लिगमा अपराजित रहने एक्लो टिम हो । पराजित चौदण्डीको यो लगातार सातौं हार हो । चौदण्डीगढीले अहिले सम्म तालिकामा अझै खाता खोल्न सकेको छैन् । अंक विहीन रहदै पुछारमा रहेको छ । अहिले सम्मका खेल सम्पन्न हुँदा चौदण्डी गढीले सबै खेलमा गरेर कुल ८६ गोल खाँदा एक गोल गरेको छ भने एपिएफले एक गोल पनि खाएको छैन । ७ खेल सम्पन्न हुँदा एपिएफले कुल ५७ गोल गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *