उत्तराखण्ड हिमनदीमा बाढीः१४ जनाको ज्यान गयो २ सय अझै वेपत्ता
सेयर गर्नुहोस
7 - 7Shares
एजेन्सी माघ २६ । चमोली जिलाको धौलीगङ्गा नदीमा आएको बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १४ पुगेको छ । भने २ सय जना अझै वेपत्ता रहेको बिबिसिले जनाएको छ ।
हराइरहेकामध्ये अधिकांश त्यहाँ जलविद्युत् आयोजना निर्माणमा संलग्न मजदुरहरू रहेको बताइएको छ। हिमताल फुटेपछि धौलीगंगा बाढी आएको थियो । विद्युत गृह निर्माणको काम जारी रहेको समयमा बाढी आउदाँ धेरै क्ष्यती भएको जनाइएको छ । हराई रहेबकाको उद्दार कार्य जारी छ भने राहत सामग्री समेत वितरण गरिएको छ ।
हिमालयको यो भूखण्डमा करिब एक हजार हिमनदीहरू रहेको हिमनदी विज्ञहरूले बताएका छन्। विज्ञहरूका अनुसार आइतवारको घटना तापक्रममा आएको वृद्धिले कुनै विशाल बरफको चट्टान फुट्न पुग्यो र त्यसबाट विशाल परिमाणमा पानी निस्किएको विज्ञहरकव भनाई छ ।