ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

ओलीलाई ३५ हजार मानिस पनि भेला पार्न नसकेको आरोप प्रचण्डले लगाउदाँ माधव नेपाल भन्छन् –‘ओली’ वा ‘ओली बा’ नामको पार्टी खोल्नुहोस

काठमाडौं माघ २६ । नेकपा दाहाल-नेपाल समुहका अध्यक्ष माधव कुमार नेपालले प्रधानम्त्री केपी ओली व्यक्तिको विरुध नभइ आफ्नो लडाई ओलीको प्रविर्ति विरुध रहेको जनाएका छन् । दाहाद- नेपाल समुह निकट शिक्षकहरुको राष्ट्रिय सम्मेलनमा पुगेका दुई अध्यक्षले ओलीको प्रविर्तिमाथी प्रश्न गर्दै ओली रक्षात्मक बन्न थालेको समेत टिप्पणी गरे ।

अध्यक्ष नेपालले प्रधानमन्त्री ओलीले नयाँ नयाँ अवतार देखाउने भन्दै यसको विरुधमा लड्न परेको जिकिर गरे । उनकव भनाई छ – ‘यो लडाइँ केपी ओलीसँग होइन, ओली प्रवृत्तिविरुद्ध हो । तर, हामीसँग पनि केपी प्रवृत्ति नै रह्यो भने हामी र केपी ओलीबीच कुनै फरक हुनेछैन । त्यही तौरतरिका अपनाऔं भने हामी पनि केपी ओलीको अर्को अवतार हुन पुग्नेछौं’।

ओली विरुध आक्रमक रुपमा प्रस्तुत हुदैं आएका नेपालले आफुहरु आधिकारिक नेकपा भएको दावी गर्ने नयाँ ओली पार्टी खोल्न सुझाव दिए । ओली वा ओली बा पार्टी जे खोले पनि हुने उनको भनाई थियो । 

त्यस्तै अर्का अध्यक्ष  पुष्पकमल दाहालले नारायणहिटी संग्राहलय अगाडि ३५ हजार भेला पार्न नसकेको आरोप लगाए । धेरै मान्छे देखाउन यत्र तत्र मानिस राख्दा समेत नपुगेका कारण ओली समुह रक्षातम्क बनेको समेत उनको जिकिर थियो । उनले भने – ‘ओली रक्षात्मक अवस्थामा गइसके । उनीहरुको सुरक्षा निकायले पनि ३५ हजार बढी थिएनन् भनेपछि गाली झगडा सुरु भएको छ’।

Leave a Reply

Your email address will not be published. Required fields are marked *