ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

कोरोना विरुधको खोप: अग्रमोर्चामा खटिने पत्रकार उत्साहित

काठमाडौ माघ २६ । कोरोनाले विश्वलाई नै आक्रान्त बनाइरहेको अवस्थामा अहिले विभिन्न देशहरुले निर्माण गरेको कोरोनाविरुद्धको खोप आम नागरिकमा प्रयोग भैरहेको छ । नेपालमा पनि महामारीविरुद्ध अग्रपंक्तिमा खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सफाइकर्मीलाई पहिलो चरणमा खोप दिएपछि दोश्रो चरणमा सञ्चारकर्मी, कुटनीतिज्ञ र दुताबासका कर्मचारीमा खोप अभियान सुरु गरिएको छ ।

लगाइरहँदा नेपालले  माघ १४ गतेबाट अक्सफोर्ड युनिभर्सिटि र बेलायती कम्पनि एस्ट्राजेनेकले निर्माण गरेको र भारतको सेरम इन्सिच्युटले उत्पादन गरेको कोभिसिल्ड खोप पहिलो चरणमा लगाइसकिएको छ । सरकारले माघ ८ गते भारतले अनुदानस्वरुप प्रदान गरेको कोभिसिल्ड खोप पहिलो चरणमा ४ लाख ३० हजारमा लगाउने योजना बनाएको थियो । जसमा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सरसफाइकर्मीलाइ पहिलो चरणमा खोप दिने भनिए पनि पहिलो चरणको खोप १ लाख ८४ हजार ५७ जनाले मात्र लगाए ।

त्यसपछि सरकारले अग्रपंक्तिमै रहेर काम गरेका पत्रकार, कुटनितिज्ञ र दूताबासका कर्मचारीले दोस्रोचरणमा खोप लगाउन सुरु गरिसकेको मन्त्रालयले बताएको छ । कतिपय विकसित देशहरुले कोरोनाविरुद्ध खोप अभियानलाइ नै स्थगित गर्ने स्थिति आइरहेका बेला नेपालमा यति चाँडै खोप लगाउन पाउनु हाम्रो लागी खुसिको कुरा भएको स्वास्थ पत्रकार कल्पना आचार्यले बताइन ।

महामारीका बेला अहोरात्र खटिएका सञ्चारकर्मीलाई खोपको प्राथमिकतामा राखिएकोप्रति उनीहरु खुसि भएको स्वास्थ्य खबर पत्रीकामा कार्यरत रिता लम्सालले बताइन । सरकारले दोस्रो चरणमा पत्रकार, युएन एजेन्सी, दूतावास तथा कूटनीतिक नियोगका कर्मचारीलाई प्राथमिकतामा राखेसँगै सोमबार बिहानदेखि नै काठमाडौं उपत्यकाको सिभिल, त्रिवि शिक्षण, गंगालाल र पाटन अस्पतालबाट खोप दिइएको छ । पाँचदिनसम्म दोश्रोचरणको खोप अभियान चल्ने मन्त्रालयले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *