ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

३ लाखमा कोरोना विरुधको खोप लगाउने लक्ष सहित सुरु भयो दोस्रो चरणको खोप अभियान

फाइल फोटो

काठमाडौं माघ २६ ।  पहिलो चरणमा एक लाख ८४ हजारले कोरोना विरुधको खोप लगाएसंगै दोस्रो चरणको खोप अभियान सोमबारबाट सुरु भएको छ । भारत सरकारको अनुदानमा अक्सफोर्ड विश्वविद्यालय तथा आस्ट्राजेनेका कम्पनीले विकास गरेको अनि भारतीय सिरम इन्स्टिच्युटले उत्पादन गरेको दश लाख कोभिशिल्ड खोप नेपालमा ल्याइएको थियो ।

हाल नेपाल सरकारसंग भारतले अनुदानमा दिएको दश लाख मात्राको कोभिशील्डमात्र उपलब्ध छ जसमध्ये झन्डै दुई लाख मात्रा प्रयोग भइसकेको छ । थप खोपका लागि विभिन्न विकल्पमा कुराकानी भइरहेको स्वास्थ्य मन्त्रालयको भनाई छ । जसमा अन्तर्राष्ट्रिय खोप सहयोग सञ्जाल कोभ्याक्सले साढे २२ लाख मात्राको खोप नेपाललाई पठाइदिने वाचा गरेको छ। पहिलो चरणमा ४ लाख जनामा खोप पुर्याउने भने पनि दुई लाखले मात्र खोप लगाएका थिए भने यो चरणमा करिब तीन लाख मानिसलाई खोप लगाउने योजना मन्त्रालयले बनाएको छ ।

पहिलो चरणमा स्वास्थ्यकर्मी तथा कोरोनाभाइरस उपचार तथा व्यवस्थापनमा अग्रपङ्तिमा खटिएकाहरूलाई खोप लगाइको थियो भने दोस्रो चरणमा भिडभाड हुने निजी तथा सरकारी कार्यालयका कर्मचारी एवम् धेरै मानिसहरूसँग प्रत्यक्ष सम्पर्क गर्नुपर्ने जिम्मेवारी भएकाहरूलाई खोप लगाइने स्वास्थ्य मन्त्रालयको योजना छ। जसमा ब्याङ्कहरू, मालपोत तथा नापी कार्यालय, स्थानीय निकायहरू, खानेपानी तथा विद्युत कार्यालय, दूरसञ्चारसँग सम्बन्धित कार्यालय र सञ्चारकर्मीहरूलाई लक्षित छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *