देउवाको मौनता कांग्रेसका लागि चूनौति : संसद पुन स्थापना होस वा चुनाव घाटामा कांग्रेस

काठमाडौं माघ २६ । संसद विघटन पछिको जस्तो सुकै अवस्था आएपनि कांग्रेसलाई प्रत्यक्ष फाइदाँ हुने धेरैले आकलन गरेका थिए र छन पनि । तर सभापति शेरबहादुर देउवाको मौनता कांग्रेसकै लागि चुनौति बन्दै गएको विश्लेषण सुरु भएको छ ।
संसद विघटनपछि तरल राजनीतिमा सभापति देउवाको आगामी रणनीतिबारे विभिन्न अड्कलवाजी चलिरहेका छन् । सत्ता प्राप्तिका लागि जुन हद पार गर्न सक्ने देउवा प्रविर्ति अन्त: कांग्रेसकै लागि प्रतिउत्पादक ठहरिने विश्लेषण सुरु भएको हो । आफुलाई लोकतन्त्रको हिमायती ठान्ने कांग्रेस तथा संविधानको निर्माता दावी गर्दै आएको कांग्रेस प्रधानमन्त्री केपी ओलीको गैर संवैधानिक कदमका विरुध त्तकाल सडकमा उत्रने धेरैले अपेक्षा गरेका थिए । तर त्यसको ठिक विपरित कांग्रेस सभापति देउवाले ओलीको कदमलाई नै गृन सिंगनल दिए ।
ओलीको कदम गैरसंवैधानिक र सर्वसत्तावादी ठहर गर्दैं आन्दोलनको घोषणा गरेपनि उस्का शुवेच्छुकहरु यसबाट सन्तुष्ट हुन सकेन् । वरु सभापतिको अभिव्यक्तिबाट शसंकित बने । सभापति शेरबहादुर देउवाले अदालतका विषयमा नवोल्न निर्देशन दिदैं अदालतको कदमलाई स्विकार गर्ने प्रतिकृया दिए । त्यसमाथी सभापति देउवाले नै सिफारिस गरेका व्यक्तिहरु संवैधानिक आयोगमा परेको भन्दैं उनको आलोचना समेत भयो । आयोगका सदस्यको सपथ लगत्तै नेकपा( दाहाल- नेपाल) समुहले नेपाल बन्द गर्दां समेत कांग्रेस मौन भएको भन्दै उसप्रतिका प्रश्नहरु अझ तिखा बन्दैं गए ।
नेपाली राजनीतिका हठ्ठी खेलाडी केपी ओलीलाई गृन सिंगनल दिदैं आएका सभापति देउवाको पार्टी भित्र समेत विरुध हुदैं आएको छ । उनको खेमा इत्तर नेताहरु सार्वजनीक कार्यक्रममा नै अदालतले जनताका कुराहरु सुन्नु पर्ने अभिव्यक्ति दिदैं आएका छन् । यस्तो अवस्थामा सस्थापन पक्षको लगावका कारण कांग्रेसको एक स्वर सार्वजनीक हुन सकेको छैन् ।
आफ्नै दलभित्रको राजनीतिक द्वन्द्व झेल्न नसकेका प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेपछि नेपालको राजनीति चरम तरल अवस्थामा छ । संसद विघटनपछि देशको राजनीति पनि पूर्णतः विभाजित छ । पुस ५ मा प्रधानमन्त्रीको सिफारिसअनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले वैशाख १७ र २७ गते गरी दुई चरणमा प्रतिनिधिसभा निर्वाचनको घोषणा गरेकी थिइन् । विघटनको मुद्धा अदालतमा विचाराधीन छ । यस्तो अवस्थामा कांग्रेसलाई जताबाट पनि फाइदा हुने निस्चिसत प्राय छ ।
शक्तिका लागि जुन सुकै कदम उठाउन सक्ने देउवाको मौनताले कांग्रेसलाई नभएर नेकपाको एउटा समुहलाई सहयोग पुग्ने राजनीति शास्त्री प्रा डा गोविन्दमान सिंह कार्कीको बुझाइ छ । संसद पुन स्थापना भए नेकपाको दाहाल- नेपाल समुहको एजेण्डा पुरा हुने र त्यसको सम्पुर्ण जस उस्ले लिने तेस्तै निर्वाचन भए त्यसको फाइदाँ ओलीलाई हुने कार्कीको दावी छ । ७ दशक लामो इतिहास बोकेको कांग्रेस चुनावमा जान वा कुनै निर्णय गर्न कमन्युष्ट पार्टी नै फुटिदिनु पर्ने अवस्था आउनु कांग्रेसका लागि अझ हास्यास्पद रहेको उनको भनाई छ ।
तर पटक-पटक सत्ताको स्वाद चाखेका देउवाले शक्ति प्राप्त गर्न जुन सुकै कदम चाल्न सक्ने अनुमान छ । संसद पुन स्थापना भए दाहाल नेपालसंगको सहकार्यमा प्रधानमन्त्री त्यस्तै निर्वाचन भए ओलीसंगको सहकार्यमा प्रधानमन्त्रीको दाउमा देउवा देखिएको कार्की को भनाई छ ।
केन्द्रमात्र नभइ प्रदेशमा समेत निर्णायक शक्ति मानिएको कांग्रेसले प्रादेशिक रणनीति पनि पर्ख र हेरको अवस्थामा छ । दुईवटा प्रदेशमा अविश्वासको प्रस्ताव दर्ता भइसकेको अवस्थामा कांग्रेसको मौनताले नेकपाको दुवैं समुहलाई समेत कठिन भएको विश्ललेषण सुरु भएको छ ।