ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

भागरथी भट्ट हत्याको विरोधमा तीन दिन शैक्षिक हड्ताल

बैतडी, माघ २६ । बैतडीको दोगडकादार गाउँपालिका ७ चडेपानीकी १७ वर्षीया किशोरी भागरथी भट्टको हत्याको विरोधमा बैतडीमा शैक्षिक हड्ताल भएको छ ।

विद्यालयबाट घर फर्किरहेका बेला उनको बाटोमा विभत्स रुपमा हत्या भएको विरोधमा तीन दिन शैक्षिक हड्ताल गरिएको हो । भट्टको बलात्कारपछि हत्या भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ । उनको पोष्टमार्टम रिपोर्टले समेत बलात्कारपछि हत्या भएको जनाएको छ । 

थप अनुसन्धानका लागि भजाइनल स्वाब परीक्षण गरिने बताइएको छ ।  संघर्ष समिति गठन गर्दै तीन दिनका लागि शैक्षिक हडताल गरिएको संघर्ष समितिका सदस्य भुवन कार्कीले जानकारी दिए ।

आइतबारदेखि मंगलबारसम्म तीन दिन गाउँपालिकाका सम्पूर्ण शैक्षिक संस्था बन्द गर्दै शैक्षिक हडताल गरिएको हो । सघर्ष समितिले गरेको शैक्षिक हड्तालअनुसार नै गाउँपालिकाका सबै विद्यालय बन्द रहेका छन् । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *