ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

माैसम अपडेटः देशैभरी बदली, वर्षाको सम्भावना छैन

काठमाडौं, माघ २६ । आज देशैभरी मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुुमान महाशाखाले जनाएको छ ।

पश्चिमी वायुको प्रभावका कारण देशैभरी बदली भएपछि अब वर्षाको सम्भावना नरहेको महाशाखाले जनाएको छ । काठमाडौंमा पनि आज मौसम सफा रहने महाशाखाले जनाएको छ ।

काठमाडौंको आज बिहानको न्यूनतम् तापक्रम २ दशमलव ७ डिग्री सेल्सियस रह्यो भने दिउँसोको अधिकतम् तापक्रम १६ देखि १८ डिग्री सेल्सियसकाबीच रहने छ ।

आज बिहान सूर्योदय ६ बजेर ४६ मिनेटमा भयो भने सूर्यास्त साँझ ५ बजेर ५० मिनेटमा हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *