२०७७ माघ २६ साेमबारकाे राशिफल, आजको दिन तपाईंका लागि कस्तो रहला ?

आज मिति २०७७ साल माघ २६ गते सोमबार तदनुसार सन २०२१ फेब्रुअरी महिनाको ८ तारिख, माघ कृष्ण पक्ष, शिशिर रितु, उत्तरायण सुर्य, मूल नक्षत्र, द्वादशी तिथी, हर्षण योग, कौलब करण, आज चन्द«मा धनु राशीमा रहने छ, आजको अभिजित मूहुर्त बिहानको ११ बजेर ५६ मिनेटबाट १२ बजेर ४० मिनेटसम्म रहने छ। आजको अमृत समय दिउँसोको ४ बजेर ५६ मिनेटबाट ५ बजेर ४९ मिनेटसम्म रहने छ। आजको राहुकाल बिहानको ८ बजेर १० मिनेटबाट ९ बजेर ३३ मिनेटसम्म रहने छ। राहुकालमा दीर्घकालसम्म असर पर्ने खालका शुभ कार्यहरु शुरु गर्नु हुदैन ।
(१) मेष राशी
समय अस्थिर रहनेछ । मेहनत अनुसार फल पाउन गाह्रो हुन्छ, किचकिच, झमेला, लफडा हुने समय चलिरहेकोले सावधान हुनुहोला, शारिरिक अस्वस्थता र मानसिक अशान्तिले सताउला, घटना र परिस्थिती प्रतिकुल हुने समय चलेको छ, कानुनी समस्या, दन्ड जरिवाना वा बन्धनबाट सकेसम्म जोगिनु होला,
(२) वृष राशी
आज समय अनुकुल छैन, प्रतिकुल घटनाहरु हुन सक्ने, कलह र विवादबाट सकेसम्म टाढा रहने प्रयास गर्नु पर्ने देखिन्छ, धनको दुरुपयोग हुने, चोरी हुने वा अत्यधिक खर्च हुने योग छ । स्वास्थ्यमा पनि समस्या आउने र निरर्थक भयले ग्रसित हुने योग छ , विद्यार्थीहरुले अलि धेरै नै मेहनत गर्नु पर्नेछ भने लगानीलाइ पनि आज दिन राम्रो छैन ।
(३) मिथुन राशी
दिन राम्रो रहनेछ, लाभकारक र सुखदायी बसाइ हुने, विलासिताका सामग्री जुटने, दिन मनोरन्जन र रमाइलोमा बित्न सक्ने, धन लाभ हुने, निरोगिता प्राप्ति, मानसिक सुख तथा दाम्पत्य जीवन सोचेअनुरुप हुने योग छ, व्यापारी र व्यवसायीलाई पनि आज दिन राम्रो रहनेछ , लगानीलाइ दिन अनुकुल छ ।
(४) कर्कट राशी
दिन उत्तम रहनेछ, भाग्यले साथ दिने, आर्थिक लाभ, शारिरिक निरोगिता, शत्रुमाथि विजय प्राप्ति, कष्टबाट मुक्ति, मन सन्तुष्ट रहने र उत्साहवर्धक घटनाहरु घटन सक्छन । व्यवसायी, जागीरे र विद्यार्थीहरुलाइ दिन राम्रो छ । चिनामा शुभ चन्द्रमाको दशा चलिरहेको छ भने आज लगानी गर्दा फाइदा पुग्नेछ ।
(५) सिंह राशी
दिन प्रतिकुल छ । चाहिएको बेलामा भाग्यले साथ नदिएको महसूस हुन सक्छ, गरेका कार्यमा विध्न बाधाहरु आउने, अपमान सहनु पर्ने सम्मको अवस्था आउन सक्छ, मानसिक खिन्नताले आज दुखी बनाउन सक्छ, सकारत्मक सोच राखेर अघि बढेमा दिन सहज हुन सक्छ ।
(६) कन्या राशी
सावधानी अपनाउनुपर्ने दिन छ । आफन्त, बन्धुबान्धव वा नजीकका मान्छेहरु सँग वैमनस्यता उत्पन्न हुन सक्छ, शारिरिक पीडा, धनहानी वा धन सम्पत्तिको कारणले तनाव हुने अवस्था आउन सक्छ, । खर्चमा वृद्धि, मानसिक चिन्ता, रोगव्याधिले आक्रान्त पार्ने, मनमा डर लागिरहने अवस्था छ । कलह बाट भने बच्ने प्रयास गर्नुहोला, व्यवसायीहरुले गतिरोधको सामना गर्नुपर्नेछ । लगानीलाइ दिन अनुकुल छैन।
(७) तुला राशी
दिन राम्रो छ । साहसमा बृद्धि, सोचे गरेको कार्यहरुमा सफलता मिल्ने, नयाँ विचार नयाँ कुराले सकारात्मक अवस्था ल्याउने संकेत दिँदैछ प्रयास जारी राख्नुहोला, स सानो यात्रा वा भ्रमण हुन सक्ने, कस्मेटिक वा बस्त्र लाभ, धन लाभ तथा उत्तम भोजनको प्राप्ति, दाम्पत्य जीवन सुमधुर रहने, शत्रुहरु पछि हटनेछन् । गृहिणी तथा विद्यार्थीहरुको लागि समय उत्तम छ, व्यवसायीहरुलाइ पनि दिन शुभ रहनेछ ।
(८) वृश्चिक राशी
समय अनूकूल छैन । नैतिक मूल्य तथा मान्यतामा ह्रास आउन सक्ने, धन तथा कुटुम्ब हानीको योग भएकोले विशेष सावधानी राख्नुपर्नेछ । खर्चमाथि नियन्त्रण राख्न अति जरुरी छ नत्र धन संचयमा व्यापक कमी आउनेछ । कतैबाट आउन आँटेको पैसा रोकिन सक्छ । मनमा गलत विचारहरु सलबलाउने छन । बोल्दा होश नपुरयाएको खन्डमा अप्ठयारो स्थिती आउन सक्छ । खानपानमा ध्यान दिनु पर्नेछ नत्र स्वास्थ्यमा गडबडी आउन सक्छ । लगानीलाई समय प्रतिकूल छ ।
(९) धनु राशी
समय राम्रो छ, सकारात्मक विचार र उत्साहले मनोबल मा बृद्धि हुनेछ । भाग्योदय को दिन छ प्रयास चाँही गर्नु होला, महत्वाकाँक्षी विचारहरुले मूर्त रुप लिने बेला आएको छ । तँपाइको कदर अरुले गर्नेछन । कार्य स्थलमा लाभ, मान सम्मान प्राप्ति हुने योग छ । व्यवसायीहरुलाई दिन राम्रो रहनेछ, नयाँ लगानी अथवा नयाँ शूरुवात गर्ने राम्रो समय आएको छ,
(१०)मकर राशी
दिन प्रतिकुल रहनेछ । पराक्रममा कमी आउनेछ, गरेका कामको जस नपाउने, मानसिक अशान्ति, एन्जाइटी अथवा निद्रा सम्बन्धि समस्या आउन सक्छ, अनावश्यक खर्च, हानी नोक्सानीको सम्भावना भएकोले आज विशेष सावधानी अपनाउनुहोला । विद्यार्थीहरुको लागि भने समय राम्रो, पढाई सम्बन्धि तथा प्रतियोगिता परीक्षा आदिको लागि दिन अनुकुल छ । व्यापार व्यवसायमा लाभ हुने बेला छ, आयात निर्यात सम्बन्धि दिन राम्रो रहनेछ,
(११) कुम्भ राशी
दिन सुखमय बित्नेछ । शुभ चन्द्माको दशा चलेको छ भने शुभ कुराहरु हुने अवस्था छ । शरिरको फूर्ति बढने, आर्थिक लाभ हुनेछ । मित्र भेटको सम्भावना वा मित्र बाट फाइदा । उत्तम भोजन, भोग विलास वा रमाइलोमा संलग्न हुनुपर्नेछ, परिवार कुटुम्बबाट लाभ प्राप्त हुने योग छ । प्रयास गर्नुभएको थियो भने आय स्रोतको नयाँ बाटो फेला पर्न सक्छ, पहिलेदेखि शुरु भएको तर अडकिएका कार्यहरुले गति लिनेछन् । आदर सत्कार मान सम्मान मा बृद्धि, गरेका कार्यको उपलब्धि प्राप्त हुने समय पनि हो । लगानीको लागि समय उत्तम छ, पारिवारको लागि पनि खर्च हुन सक्ने दिन छ ।
(१२) मीन राशी
दिन शुभ रहनेछ । रोजगार, नोकरी वा व्यवसायको क्षेत्रमा परिवर्तन खोजिरहनु भएको छ भने दिन राम्रो छ । ईच्छित फल पाउने बलियो सम्भावना छ । कार्य क्षेत्रमा मानसम्मान, यश प्राप्त हुने योग छ । कुनै पुरानो कुरा सम्बन्धि शुभ समाचार आउन सक्नेछ । पिता वा पिता तुल्य व्यक्ति अथवा सरकारी पक्षबाट सहयोग प्राप्त हुने योग छ । विद्यार्थिहरुको लागि समय राम्रो छ, भूमि, वाहन सुख को साथै पारिवारीक सुख प्राप्त हुने समय छ ।