मधेश लुट्ने मधेशी नेता हुन् – नेता गगन थापा

माघ २५ पर्सा । पर्सामा नेपाली कांग्रेसको वृहत आमसभा तथा पार्टी प्रवेश कार्यक्रम समपन्न भएको छ ।
वीरगंज महानगरपालिका वडा नम्बर २८ बगहीले आयोजना गरेको बृहत आमसभा तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली कांग्रेसका केन्द्रिय सदस्य गगन थापाले मधेश लुट्ने मधेशी नेता नै रहेको आरोप लगाउनु भएको थियो ।हिजो मधेशको नाममा भजाउनेहरुले तीन-तीन वर्ष सत्तामा बसेर अहिले चोखिन नपाउने उनको भनाई थियो ।
कार्यक्रममा बोल्दै नेता थापाले संसार भरकै कुरा गर्ने हो भने, कतैपनी कम्युनिष्टको सरकार छैन् कम्युनिष्ट जनता गरिब रहि रहोस चाहने भएकाले कम्युनिष्ट देशको आवश्यक्ता नरहेको नेता थापाको भनाई थियो ।
कार्यक्रममा बोल्दै नेता थापाले जतिखेर संविधान मिच्दै गरेका थिए त्यो बेला तपाईहरु कहाँ हुनुहुन्थयो की आज हामी यहाँ छौँ भनेर पम्पलेट बोकेर रोड रोडमा आउनु भएको छ । आज देशको यो परिस्थिति आउनुमा ओलि जति दोष छ त्यती नै पुष्पकमल र माधव नेपाल पनि रहेको नेता थापाको भनाई थियो ।
कार्यक्रममा नेपाली काग्रेसका उपसभापति विमलेन्द्र निधिले कांग्रेस हिजो पनी मधेशका थिए आजपनी मधेशका रहेकाले झुठको मसिहा बनेर लुट्नेसंग सचेत हुनुपर्ने बेला आएको बताउनु भएको थियो ।कार्यक्रममा केन्द्रिय सदस्य चित्रलेखा यादव, परमुलाह मंसुर, अजय कुमरा चौरसिया, जिल्ला सभापति अजय द्विवेदिद्व, ओम प्रकाश शर्मा लगायतको उपस्थिति रहेको थियो ।