काठमाडौंको न्युनतम तापक्रम २ डिग्रीमा झर्यो, पूर्वी पहाडी क्षेत्रमा आंशिक वदली हुने
सेयर गर्नुहोस
1 - 1Share

काठमाडौं, माघ २५ । हाल नेपालभरको मौसममा पश्चिमी न्यून चापीय प्रणालीको आशिक प्रभाव कायमै रहेको छ।
हाल प्रदेश १ का पहाडी भू–भागहरुको मौसममा आंशिक वदली रहेको छ।
आज विहान काठमाडौंको न्युनततम तापक्रम २ डिग्री सेल्सियस रहेको छ भने अधिकतम तापक्रम १८ डिग्री सेल्सियस पुग्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
आज दिउँसो प्रदेश १ को पहाडी भू–भागको मौसममा आंशिक वदली रहने सम्भावना छ ।
देशका बाँकी भू–भागहरुको मौसम सामान्यतया सफा रहने सम्भावना देखिएको विभागले जनाएको छ।
त्यसैगरी आज राती प्रदेश १ को पहाडी भू–भाग र गण्डकी प्रदेशका थोरै स्थानको मौसममा आंशिक बदली रहने सम्भावना देखिएको छ ।
बाँकी स्थानहरुको मौसम सामान्यतया सामान्य रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।