ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

एभर्टन र म्यान्चेस्टर युनाइटेड बराबरीमा

एजेन्सी, माघ २५ । इंग्लिस प्रिमियर लिग अन्तर्गत गएराति युनाइटेडको मैदानमा भएको खेलमा म्यान्चेस्टर युनाइटेड र एभर्टनले बराबरी खेलेका छन् ।

म्यान्चेस्टर युनाइटेड र एभर्टनले ३-३ गोलको बराबरी अंक ल्याएका हुन् ।

खेलको २४ औं मिनेटमा युनाइटेडका एडिन्सन काभानीले गोल अग्रता बनाएका थिए । यस्तै खेलको ४५ औं मिनेटमा युनाइटेडकै ब्रुनो फर्नान्डेजले गोल गरेका थिए । त्यसपछि ४९ औं मिनेटमा एभर्टनका एब्डोउलाए डोउकोरले गोल गरे ।

खेलको ५२ औं मिनेटमा एभर्टनका हामेस रोड्रिग्वेजले गोल गरेपछि खेल बराबरीमा पुगेको थियो । त्यसपछि खेलको ७० मिनेटमा युनाइटेडका स्कट टोमिनेले गोल गरेर अग्रता लिए ।

खेलको अन्तिम समयमा एभर्टनका डोमिची काल्भर्टले गोल गरेपछि खेल बराबरीमा सकिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *