ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

किरण लिम्बु क्रस दुवाथलन सिरिजको च्याम्पियन

काठमाडौं, माघ २५ । तेश्रो संस्करणको क्रस दुवाथलन सिरिज अन्तर्गत पुरुष तर्फको उपाधि धरानका किरण लिम्बुले हात पारेका छन् ।

किरण ले २.५ कि.मि. दौड, १० कि.मि. साईक्लिङ्ग र १.३ कि.मि. दौड ३५ मिनट ३४.४१ सेकेन्डमा पुरा गर्दै लिम्बु च्याम्पियन भएका हुन । पहिलो संस्करणमा सुरेश भुजेलले ३५ः४० मिनटमा र दोश्रो संस्करणमा अच्युत कृष्ण खरेल ३७ मिनेट २७ सेकेन्डमा दुरी पुरा गर्दै च्याम्पियन बनेका थिए ।

महिला तर्फ भने अनिशा गुरुङ्गले ४३ः५४ मिनटको छोटो समय कायम राखेकी छिन । उनले पहिलो संस्करणमा उक्त समयमा निर्धारित दुरी पुरा गरेकी थिईन । नेपाल ट्राईयाथलन संघ र जम्प नेशनको संयुक्त आयोजनामा भएको सिरिजमा महिला तर्फ बिदिशा चौधरीले निर्धारित दुरी ४९ मिनट ५२.४१ सेकेन्डमा पुरा गर्दै च्याम्पियन भईन ।

लिम्बु र चौधरीले किङ्गस लञ्जद्वारा प्रायोजित ३ हजार बराबरको भौचर, ट्रफी र प्रमाण पत्र प्राप्त गरे । ललितपुरको बज्रबाराही, झरुवारासीमा भएको च्याम्पियनसिपको पुरुष तर्फ सुरज कुमार पासवान दोश्रो र मौलिक महर्जन तेश्रो भए । पासवानले निर्धारित दुरी ४० मिनट ३२.९३ सेकेन्डमा र महर्जनले ४० मिनेट ५६.८५ सेकेन्डमा पुरा गरे ।

विजयी खेलाडीहरुलाई गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जन, नेपाल ओलम्पिक कमिटिका महासचिव एवं नेपाल ट्राईयाथलन संघका अध्यक्ष निलेन्द्र राज श्रेष्ठ, इमराल्ड नेशनल स्कुलका प्रिन्सिपल जित क्षेत्री, समाजसेवी दीपक राज घिमिरे लगायतले पुरस्कार वितरण गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *