ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

देशभर ९९ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं माघ २४ । देशभरका विभिन्न प्रयोगशाहरुमा गरीएको २ हजार ७ सय ९४ वटा नमुना परीक्षणमा काठमाडौं उपत्यकामा मात्र ६६ जना सहित देशभर ९९ जनामा संक्रमण पुष्टि भएको छ ।

हालसम्म कोरोना संक्रमण पुष्टि हुने संख्या २ लाख ७१ हजार ८ सय ६ जना रहेका छन्।
गएको चौबीस घण्टामा कसैको पनि कोरोनाका कारण मृत्यु भएको छैन । हालसम्म कोरोनाका कारण मृत्यु हुने संख्या २ हजार ३५ रहेको छ । गत चौबीस घण्टामा देशभर २ सय ४८ जना कोरोनामुक्त भएका छन् ।

हालसम्म कोरोनामुक्त हुने संख्या २ लाख ६७ हजार ८ सय १२ रहेको छ । हालसम्म कोरोना संक्रमण हुने संख्या ९८ दशमलव ५ प्रतिशत रहेको छ ।देशभर क्वारेन्टाइनमा ९५ जना र संक्रिय संक्रमित १ हजार ९ सय ५९ जना रहेका छन् । देशभर आसियुमा उपचारत ६१ जना र भेन्टिलेटरमा १४ जना रहेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *