संसद पुन स्थापना नभए तेस्रो जनआन्दोलन हुने वरिष्ठ नेता पौडेलको चेतावनी

काठमाडौं माघ २४ । प्रतिनिधिसभा विघटनको विरोधमा नेपाली कांग्रेसका सुवेच्छुक सस्थाले देशभर शान्तिपुर्ण प्रदर्शन गरेका छन ।
नेकपा भित्रको आन्तरिक किचलो मिलाउन नसकेर प्रधानमन्त्री केपी ओलीले संविधानमा कहि नभएको व्षवस्थाको हवला दिदैं ससद विघटन गरेको भन्दै १८ सुवेच्छुक सस्थाले प्रतिनिधि सभा पुन स्थापनाको माग गरेका छन् ।
पुस ५ गते प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गरेपछि चरणवद्ध कार्यक्रम गर्दै आएको नेपाली कांग्रेसले शनिबार ७७ वटै जिल्लामा उसका सुवेच्छुक सस्थालाई विरोधमा उतारेको छ । यस अघि ७७ वटै जिल्ला सदरमुकाम, एक सय ७५ निर्वाचन क्षेत्र तथा ३ सय ३० प्रदेश निर्वाचन क्षेत्रमा प्रदर्शन गरेको काँग्रेसले अघिल्लो सनिवार प्रदर्शनको जिम्मा भातृ सस्थालाई दिएको थियो । कांग्रेस केन्द्रिय समितिको निर्णय अनुसार नै शनिवार सुवेच्छुक सस्थाहरुले प्रदर्शन गरेका हुन् ।
सोही अन्तर्गत गृह जिल्ला तनहुँमा रहेका काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले अदालतबाट संसद पुनस्र्थापना नभए आन्दोलनबाट गर्ने चुनौति दिए । संसद पुनर्स्थापना नभएमा देशको भविष्य अनिश्चित पौडेलले अदालतले संसद पुनर्स्थापना नगरे तेश्रो जनआन्दोलन हुने चेतावनी समेत दिएका छन् । जनता कोरोना महामारी कारण घर भित्र रहेको समयमा नेकपा सरकार अनेकौं तिगडम देखाउने तर जनताको सुरक्षामा कुनै काम नगर्ने तर कुर्षिको लागि जेपनि गर्ने राजनीतिक नेतृत्वबाट हैरान भएको उनीहरुको भनाई छ ।
उनीहरुले संविधानमा कतै व्यवस्था नभएको धारमा टेकेर गरिएको संसद विघटनले संविधानमाथी प्रहार भएको भन्दै तत्काल संसद पुन स्थापना गर्न माग गरेका छन् । नेपाल प्रजातन्त्रिक महासंघका महासचिव भक्तराज अधिकारीले काँग्रेसले संसद पुन स्थापना गर्नु पर्ने स्पष्ट पारिसकेको भन्दै आन्दोलन अझ शसक्त पार्ने जनाएका छन् ।