ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

कांग्रेसका शुभेच्छुक संगठनहरुको देशभर प्रदर्शन

काठमाडौं माघ २४ । कांग्रेस निकट विभिन्न १८ संघसंगठनले टुँडिखेलमा भेला भएर सरकार विरोधी प्रदर्शन गर्दैछन् ।

संसद विघटनलाई असंवैधानिक भन्दै सडकमा उत्रिएको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र कांग्रेस निकट विभिन्न १८ संघसंगठनले राजधानीको टुँडिखेल र ७७ वटै जिल्लामा शनिबार प्रदर्शन गर्दैछ ।राजधानीका विभिन्न ठाउँबाट र्‍यालीसहित टुँडिखेलमा भेला हुने छ ।

टुँडिखेल घेराउमा उनीहरुले सरकार विरोधी नारा लेखिएका प्लेकार्ड र कालोपट्टी बाँधेर प्रदर्शन गरेका छन् । कांग्रेसको माघ १३ गते बसेको केन्द्रीय कार्यसमिति बैठकले सरकारविरुद्धको तेस्रो चरणको आन्दोलनमा भ्रातृ संगठन र शुभेच्छुक संगठनहरुलाई देशभर प्रदर्शनमा उतार्ने निर्णय गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *