ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

भारतमा १ करोड ५ लाखभन्दा बढीले जिते कोरोना

एजेन्सी, २४ माघ । भारतमा १ करोड ५ लाखभन्दा बढीले कोरोना भाइरसको संक्रमणलाई जितेका छन् ।

शनिबारसम्म भारतमा १ करोड ५ लाख ९ हजार ७९० जना संक्रमणमुक्त भएका छन् । अब भारतमा सक्रिय संक्रमितको संख्या १ लाख ५० हजार ४७६ छ ।त्यहाँ कोरोना भाइरसको संक्रमणले मृत्यु हुनेको संख्या १ लाख ५४ हजार ९५६ पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप ९४ जनाको मृत्यु भएसँगै भारतमा कोरोनाले ज्यान गुमाउनेको संख्या १ लाख ५४ हजार ९५६ पुगेको हो ।यस्तै पछिल्लो २४ घण्टामा त्यहाँ ११ हजार ६८९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

पछिल्लो वृद्धिसँगै संक्रमितको संख्या १ करोड ८ लाख १५ हजार २२२ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *