ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

त्रिविको शैक्षिक सत्र तीन महिना धकेलियो

काठमाडौं, माघ २४ । कोभिडका त्रासका कारण शैक्षिक क्षेत्रमा नकारात्मक असर परेको छ । त्रिभुवन विश्वविद्यालयले गत वर्षकै परीक्षा सम्पन्न गरिसकेको छैन ।

यस्तो अवस्थाकै कारण विश्वविद्यालयले स्नातक र स्नातकोत्तर तहको शैक्षिक सत्र तीन महिनापछाडि सार्ने निर्णय गरेको छ ।

विश्वविद्यालयले स्नातक र स्नातकोत्तर तहको शैक्षिक सत्र तीन महिनापछाडि सार्ने निर्णय गरेको छ ।

विश्वविद्यालयका विभिन्न संकायका डिनहरुको माघ पहिलो साता बसेको संयुत्त वैठकको निर्णयअनुसार नयाँ शैक्षिक सत्र सार्वजनिक गरेको हो ।

विश्वविद्यालयका शिक्षाध्यक्ष शिवप्रसाद भुसालले स्नातक तहको शैक्षिक सत्र फागुनमा र स्नातकोत्तर तहको वैशाखमा सुरु हुने निर्णय भएको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *