ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

महिला लिग फुटबलको दोस्रो चरणका खेलहरु आजदेखि हुँदै

काठमाडौं, माघ २४ । काठमाडौंमा जारी महिला राष्ट्रिय लिग फुटबलको दोस्रो चरणका खेलहरु आजदेखि हुदैछ ।

आज त्रिभुवनआर्मी क्लब र चौदण्डीगढी नगरपालिकाबीच प्रतिस्पर्धा हुनेछ । खेल, ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा दिउँसो २ बजे हुनेछ ।

लिगको पहिलो चरणमा आर्मीले चौदण्डीगढीलाई १२–० को फराकिलो अन्तरले पराजित गरेको थियो । आर्मी १३ अंकसहित तालिकाको दोस्रो स्थानमा छ । अंकविहीन चौदण्डीगढी तालिकाको पुछारमा छ ।

पहिलो चरणको समाप्तिसम्म ६ खेलबाट १८ अंकसहित सशस्त्र प्रहरीको एपीएफ शीर्ष स्थानमा रहेको छ । विराटनगर १० अंकसहित तेस्रो स्थानमा पुगेको छ । पुलिस भने ८ अंकसहित चौथो स्थानमा झरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *