ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

शनिबार देशभर केही स्थानमा हल्का वर्षा हुने

काठमाडौं, माघ २४ । हाल नेपालमा भारतको राजस्थान र आसपास साथै आसाम र आसपास क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

हाल देशको पूर्वी पहाडी भूभागका साथै पश्चिमी पहाडी भूभागका थोरै स्थानहरुमा आंशिक बदलीको अवस्था रहेको तथा बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेने महाशाखाको भनाइ छ ।

शनिवार दिउँसो देशको सुदूरपश्चिम र कर्णाली प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी पहाडी भूभागमा आंशिक बदली साथै अन्य भूभागहरुमा मौसम सामान्यतया सफा रहनेछ । उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानहरुमा हल्का हिमपातको संभावना रहेको छ र सुदूरपश्चिम र कर्णाली प्रदेशका थोरै स्थानमा हल्का वर्षा हुने सम्भावना पनि रहेको छ।

राती देशको सुदूरपश्चिम, कर्णाली प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र बागमती प्रदेशका धेरै स्थानहरुमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहनेछ । उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानहरुमा हल्का हिमपाको संभावना छ र सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र बागमती प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने संभावना छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *