ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

आईतबारबाट मौसम सफा हुने

माघ २३ ,काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आईतबार बाट मौसममा सुधार हुने बताएको छ ।

हाल देशभर आंशिक देखि सामान्य बदली रहेको र सुदूर पश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेशका धेरै स्थानहरु तथा प्रदेश न १ र बागमती प्रदेशका केही स्थानहरुमा हल्का देखि मध्यम बर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले बताएको छ ।

यी स्थानहरुमा आज राती सामान्य वर्षाको सम्भावना रहेको र देशका उच्च पहाडी र हिमाली भू-भागका धेरै स्थानमा हल्का देखि मध्यम हिमपातको सम्भावना समेत रहेको महाशाखाले बताएको छ । पच्चिमि वायुको प्रभावका कारण प्रभावित भएको मौसमले देशको पश्चिमि क्षेत्रनै बढी प्रभावित भएको महाशाखाले बताएको छ ।

शनिबार साँझ देखिनै पश्चिमि क्षेत्रबाट मौसम क्रमिक सुधार हुने र आईतबारबाट मौसम सफा हुने मौसम पूर्वानुमान महाशाखाले बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *