पहिलो चरणमा कोभ्याक्स अन्तरगत २२ लाख ५६ हजार खोप नेपालले पाउने

माघ २३,काठमाडौं । नेपालमा कोरोना विरुद्धको खोप अभियान शुरु भएपनि थप खोपको ब्यवस्थापनबारे प्रभावकारी पहलकदमी हुन सकेको छैन ।
विश्वस्वास्थ्य संगठनले कोभ्याक्स अन्तर्गत पहिलो चरणमा २२ लाख ५६ हजार डोज खोप उपलब्ध गराउने भनेपनि त्यो खोप कहिलेसम्म आइपुग्छ भन्ने बारे अझै यकिन भएको छैन । भारतले उपलब्ध गराएको कोरोना विरुद्धको खोप अभियान सन्चालन भैरहेपनि थप खोप ब्यवस्थापनबारे सरकारले ठोस योजना सार्वजनिक गरेको छैन ।

विश्व स्वास्थ्य संगठनले कोभ्याक्स अन्तर्गत प्रदान गर्ने भनेको २० प्रतिशत खोपमध्ये पहिलो चरणमा ३ दशमलव ३ प्रतिशत अर्थात २२ लाख ५६ हजार खोप छुट्याएको छ । कोभ्याक्स अन्तरगतको खोप फेब्रुअरी अन्त्यसम्म आइपुग्ने बताइएपनि त्यो खोप कसरी ल्याउने कहिल्यै ल्याउने भन्ने बारे अझै पनि अन्यौल रहेको खोप फोकल पर्शन डा भिमसिंह तिंकारीले जानकारी दिए ।
स्वास्थ्य मन्त्री हृदयेश त्रीपाठीले एक टेलिभिजनको अन्तरवार्तामा जारी खोप अभियान सन्चालन भैरहदा थप खोप ब्यवस्थापनमा सरकार जुटेको बताएका थिए । तर जिटुजी प्रकृया मार्फत कहाँबाट कुन खोप खरिद गर्ने भन्ने सार्वजनिक भने गरेनन् । तर तीन हप्ताभित्र खरिद गरेको खोप ल्याएर पनि लगाइसक्ने बताए ।
प्रधानमन्त्री केपी शर्मा ओलीले माघ १४ गते खोप कार्यक्रम उद्घाटन गर्दै ३ महिनाभित्र सबै नागरिकलाई निशुल्क खोप उपलब्ध गराउने बताएपनि भोलिपल्टै बोलि फेर्दै एकबर्ष लाग्न सक्ने बताए । तर खोप खरिदका लागी भने सरकारले अहिलेसम्म कुनै निर्णय गर्न सकेको छैन ।अझै खोप खरिदका लागी धेरै कुराहरु गर्न बाँकि छ ।

त्यसैले हचुवाको भरमा बोलेरमा मात्र नहुने र बेलैमा प्रकृया अघि बढाउन नसक्दा खरिद गरेर ल्याउने खोपका लागि लामो समय लाग्न सक्ने पूर्व स्वास्थ्यमन्त्री तथा कांग्रेसका नेता गगन कुमार थापाको बताए । नेपालमा माघ १४ गतेबाट शुरु भएको खोप अभियानमा अग्रमोर्चामा खटिएका स्वास्थ्यकर्मी,सुरक्षाकर्मी र सरसफाइकर्मिलाइ खोप दिइएको छ ।
सरकारले पहिलो चरणमा ४ लाख ३० हजारलाइ खोप लगाउने योजना बनाएपनि शुक्रबारसम्म ९ दिनमा १ लाख ७० हजार मानिसले खोप लगाएको स्वास्थ्य मन्त्रालयको तंथ्याक छ ।