ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

उपत्यकामा ५८ जना सहित देशभर १ सय ५ जनामा संक्रमण पुष्टि

माघ २३,काठमाडौं । देशभरका विभिन्न प्रयोगशालामा गरीएको २ हजार ७ सय ९९ नमुना परीक्षणमा काठमाडौं उपत्यकामा ५८ जना सहित देशभर १ सय ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । हालसम्म कोरोना संक्रमण पुष्टि हुने संख्या २ लाख ७१ हजार ७ सय ७ जना रहेका छन् ।

कोरोनाका कारण २ जनाले ज्यान गुमाएका छन्। हालसम्म कोरोनाका कारण ज्यान गुमाउने संख्या २ हजार ३५ रहेको छ । देशभरबाट गत चौबीस घण्टामा २ सय ७२ जना कोरोना मुक्त भएका छन् । हालसम्म कोरोनामुक्त हुने संख्या २ लाख ६७ हजार ५ सय ६४ रहेको छ । हालसम्म कोरोना मुक्त हुने प्रतिशत ९८ दशमलव ५ प्रतिशत रहेको छ ।

देशभर क्वारेन्टिनमा ९२ जना र सक्रिय संक्रमित संख्या २ हजार १ सय ८ जना रहेका छन् । देशभर आसियुमा उपचारत ६४ जना र भेन्टिलेटरमा १३ जना रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *