ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

देशमा बढ्दै गएको कोरोना महामारी नियन्त्रणमा ल्याएको दावी- प्रधानमन्त्री ओली

माघ २३ ,काठमाडौं । शुक्रबारको सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा बढ्दै गएको कोरोना महामारी नियन्त्रणमा ल्याएको दावी गरेका छन्। पहिले एक प्रयोगशालाबाट सुरु गरेको पिसिआर परीक्षण अहिले देशभरका ८२ वटा प्रयोगशालाबाट परीक्षण भइरहेको छ । त्यतीमात्र हैन अहिले संक्रमित र मृत्यु हुने संख्यामा समेत कमि भएको बताए ।

कोरोना महामारीले गएको बर्ष धेरै नै प्रतिकुल असर पर्यायपनि आफुहरुले जनताको स्वास्थ्य सुरक्षा नै पहिलो प्राथमिकतामा राखेको कारणले गर्दा कोरोना संक्रमण घटाउन सकेको बताए । अनुदानकै भए पनि खोप लगाउन सुरु गरीसकेको समेत बताए ।

माघ १४ गतेबाट सुरु भएको खोप अभियानमा पहिलो चरणमा सुरक्षाकर्मी , स्वास्थ्यकर्मी र सरसफाइकर्मीलाइ लगाइरहेको बताए । जबसम्म कोरोना महामारी नियन्त्रणमा आउदैन तबसम्म खोप अभियानलाई जारी राख्ने समेत बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *