ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

ओली पक्षको शक्ति प्रदर्शन, निर्वाचनको विकल्प नभएको निष्कर्स

माघ २३ ,काठमाडौं । नेकपा(ओली ) समुहले राजधानीमा शक्ति प्रदर्शन गरेको छ । राजनीति स्थिरता तथा निर्वाचनको प्रत्याभूत गर्ने भन्दै ओली समुहले शक्ति प्रदर्शन गरेको हो ।

प्रधानमन्त्री तथा अध्यक्ष केपी ओलीले संसद विघटन संविधान विपरीत छ छैन भन्ने विषय जवरजस्ति निकालीएको भन्दै यसको जनताले टुङ्गो लगाउने जनाएका छन । बेलायतको संसद विघटन उल्लेख गर्दै प्रधानमन्त्रीले काम गर्न नपाए संसद विघटन गर्न पाउने जिकिर गरे । हामी संसद बनाउने, हामीलाई नै काम गर्न नदिने अनि विघटन गर्यो भन्नेलाई चुनावबाटै तेस्को जवाफ दिने बताए ।

तेस्तै उपप्रधानमन्त्री ईश्वर पोखरेलले अस्थिरता,विरुद्धको आन्दोलन भएको भन्दै आधिकारिकता र सुर्य चिन्नमा कुनै प्रश्न नभएको दावी गरे । उनले कांग्रेस र मधेसवादी दलको काखमा प्रधानमन्त्री बन्न प्रचण्ड गएको समेत आरोल लगाए । गृहमन्त्री रामबहादुर थापाले एतिहासिक जनान्दोलको थालनी भएको टिप्पणी गरे । राजनीतिक सत्ता र नेतृत्वप्रतिको आक्रोश कारण अस्थिरतामा प्रवेश गरेको जनाएका छन । सरकारले निर्वाचनको मिति तोकिसकेको अवस्थामा निर्वाचन बाटै स्थायीत्व हुने जिकिर गरे ।

संसद विघटन पश्चात नेकपा फुटको संघारमा पुगेको छ भने दुबै समुहले शक्ति प्रदर्शन गरिरहेका छ्न ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *