ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

तीन युवाको पहलमा मृत्युको मुखमा पुगेर पनि फर्किन सरु,

सेयर गर्नुहोस
  • 24
  •  
  •  
  •  
    24
    Shares

माघ २३ ,काठमाडौं । कालिका ५ जिबजिबे रसुवाको २६ बर्षिय सरु पौडेल सुत्केरी हुने क्रममा एक्कासी उच्च रक्तचाप भै दुवै मृगौला काम नलाग्ने अबस्थामा पुगेको थियो । जिबजिबे ग्रामिण अस्पतालले बिरामीमा त्यस्तो समस्या देखिए पछि त्रीशुलि अस्पताल रिफर गरेको थियो । त्रीशुलि अस्पतालले थप उपचारका त्यहाबाट रिफर गरी काठमाडौंको त्रीवि शिक्षण अस्पताल रिफर गरेको थियो ।


मध्यमबर्गिय परीवार भएकोले उपचारका लागी गाह्रो पर्ने भएकोले सकभर सरकारी अस्पतालमा नै उपचार गर्न कोशीस गरीयो । काठमाडौंकै राम्रो र सबै सेवा सुविधा सम्पन्न अस्पतालमा आसियु वेड पाइन त्यसपश्चात बिरामीको कन्डिसन पनि पालो कुरेर बस्ने थिएन त्यसपश्चात टोखा स्थित ग्रान्डि अस्पतालमा माघ ३ गते भर्ना गरीयो । भर्ना त गरीयो तर सबै भन्दा मंहगो र निजी अस्पताल त्यहाँ पैसाको अभाव खट्किन थाल्यौ ।

त्यसपछि रसुवा निवासि तीन युवाहरुले सोसल मिडिया मार्फत उहाको उपचारका लागी सहयोग अपिल गरे । सरु धमला पौडेल बचाऊ अभियान चलाएको एक हप्तामा नै देश विदेशमा रहेका धेरै मनकारी मनहरु जोडिए । तीन युवाको पहलमा ११ लाख ७१ हजार ९ सय ३५ रुपैंया सहयोग जुट्यो त्यही रकमले नै सरुको नयाँ जीवन सुरु गर्ने एउटा माध्यम बन्यो । उनि अहिले उपचार सफल भएर पनि डिस्चार्ज भइसकेकि छिन ।


उहाँ त हुनुभयो एउटा उदाहरण मात्र यस्ता धेरै घटनाहरु छन् । जो पैसाको अभावमा ज्यान गुमाउन बाध्य छन्। जुन रसुवाका तीन युवमाहरु सन्दिप पौडेल,बसन्त भट्ट र निरज देवकोटा जुन कठिन परिस्थितिमा आफ्नो सम्झेर काम गर्नु भनेको साच्चै नै प्रंशसा योग्य हो । आउदो दिनमा पनि यो कामलाइ निरन्तरता दिदै जानु यहाँहरुलाइ शुभकामना ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *