ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

बर्षेनि २७ हजार नयाँ क्यान्सर रोगी थपिदै

सेयर गर्नुहोस
  • 17
  •  
  •  
  •  
    17
    Shares

माघ २२ काठमाडौं । हरेक वर्ष ४ फ्रेबुअरीमा मनाइने विश्व क्यान्सर दिवस नेपालमा पनि विविध कार्यक्रम गरी मनाइएको छ । यस वर्षको क्यान्सर दिवसमा ‘म हुँ र म गर्छु’ भन्ने नारा तय गरीएको छ । विकसित देशको तुलनामा नेपालमा बर्षेनि क्यान्सर रोगका बिरामीको संख्या बढ्दै जादा रोकथाम र नियन्त्रणका लागी चुनौती थपिएको जानकारहरुको भनाइ छ ।

पछिल्लो समय सर्ने रोग भन्दा नसर्ने रोगले विकराल रुप लिइरहेको छ । त्यसमा पनि क्यान्सर रोगका कारण बर्षेनि नेपालमा १७ हजार जनाले ज्यान गुमाउने गरेको सरकारी तंथ्याक रहेको छ भने २७ हजार नयाँ संक्रमित थपिने गरेका छन् । नेपालमा क्यान्सर रोग मानिसको मृत्यु हुने रोगहरु मध्ये दोस्रो नम्बरमा रहेको छ ।

क्यान्सर रोग नियन्त्रणका लागी विविध जनचेतनामुलक कर्याक्रमहरु गर्ने गरीएपनि त्यो राम्रो सँग कार्यन्वयन गर्न नसक्दा यसको रोकथाम र नियन्त्रणमा चुनौती थपिएको छ । क्यान्सरका बिरामी बढ्नुको मुख्य कारण भनेको अस्वास्थ्यकर खानपान वातावरण र रहनसहन नै प्रमुख रहेको अवृद्ध रोग निवारण संस्थाका कार्यवाहक अध्यक्ष महेश श्रेष्ठले बताए।

क्यान्सर रोग उपचारका लागी महगो भएको कारणले गर्दा पनि कतिपय मानिसहरु रोग लुकाएर बस्ने भएकोले पनि यो रोग निवारणका लागी गाह्रो भएको छ । क्यान्सर रोगका लागी अनुदान स्वरुप ५० हजार बाट सुरु भएको अहिले १ लाख सम्म पुगेको छ । यतिले मात्र नपुग्ने र सरकारले अझ यो रकम बढाउनु पर्ने अवृद्ध रोग निवारण संस्थाका पुर्व अध्यक्ष इश्वर श्रेष्ठले बताए।

कतिपय क्यान्सर सुरुवातमा थाहा पाउन सकियो भने सत प्रतिशत निको हुन्छ । क्यान्सरको चरण एकदेखि चारसम्म हुन्छ । तर, सुरुवाती वा पहिलो चरणमा आउनुअघि पनि एउटा चरण हुन्छ, त्यसबेला पत्ता लगाइयो भने सतप्रतिशत निको हुन्छ । पहिलो चरणमा पत्ता लगाइयो भने क्यान्सरको ९० प्रतिशत निको गराउन सकिन्छ ।

क्यान्सर भएपछी उपचार गर्नुभन्दा सामान्य अवस्थामा नै सचेत हुनु आवश्यक रहेको भक्तपुर क्यान्सर अस्पतालमा कार्यरत डा उज्जवल चालिसेले बताए। मानिसहरुमा अहिले पनि क्यान्सर हुदैमा अब मरिहालिन्छ भन्ने कुरा कायमै छ । यसकारणले पनि क्यान्सर लाग्दैमा मानिसहरु उपचार गर्न नै डराउने गरेका छन् ।

क्यान्सर घातक रोग हो तर समयमै थाहा पाए यसबाट बच्न पनि सकिन्छ । क्यान्सर एउटै प्रकृतिको नहुने भएकोले कस्तो क्यान्सर हो? कुन अंगको रु कुन चरणको भन्न कुरामा पनि भर पर्ने चिकित्सकहरु बताउछन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *