ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

२४ घण्टामा देशभर थपिए १७१ जना कोरोना संक्रमित, २ जनाको मृत्यु

माघ २२ काठमाडौं । देशभरका विभिन्न प्रयोगशालाहरुमा गरीएको ३ हजार ८ सय ७८ वटा नमुना परीक्षणमा काठमाडौं उपत्यकामा ७८ जना सहित देशभर १ सय ७१ जनामा संक्रमण पुष्टि भएको छ ।

हालसम्म कोरोना संक्रमण पुष्टि हुने संख्या २ लाख ७१ हजार ६ सय २ रहेका छन् । कोरोनाका कारण थप २ जनाले ज्यान गुमाएका छन् । हालसम्म कोरोनाका कारण मृत्यु हुने संख्या २ हजार ३३ पुगेको छ । गत चौबीस घण्टामा देशभर २ सय २७ जना कोरोनामुक्त भएका छन् । हालसम्म कोरोना मुक्त हुने संख्या २ लाख ६७ हजार २ सय ९२ रहेको छ ।

हालसम्म कोरोना संक्रमण मुक्त हुने प्रतिशत ९८ दशमलव ४ प्रतिशत रहेको छ । देशभर क्वारेन्टिनमा ९२ जना र संक्रिय संक्रमित २ हजार २ सय ७७ रहेको छ । देशभर आसियुमा उपचारत ६१ जना र भेन्टिलेटरमा १४ जना रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *