ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

भारतमा २४ घण्टामा १२ हजार ७०३ जनामा संक्रमण, ९९ जनाको मृत्यु

Coronavirus on scientific background

काठमाडौं, २२ माघ ।  भारतमा कोरोना भाइरसको संक्रमणले मृत्यु हुनेको संख्या १ लाख ५४ हजार ७३४ पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप ९९ जनाको मृत्यु भएसँगै भारतमा कोरोनाले ज्यान गुमाउनेको संख्या १ लाख ५४ हजार ७३४ पुगेको हो ।

यस्तै पछिल्लो २४ घण्टामा त्यहाँ १२ हजार ७०४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो वृद्धिसँगै संक्रमितको संख्या १ करोड ७ लाख ९० हजार ९०९ पुगेको छ ।

संक्रमितमध्ये अहिलेसम्म १ करोड ४ लाख ७९ हजार २२३ जना संक्रमणमुक्त भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *