ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

अष्टलक्ष्मी शाक्य कलंकीबाट गिरफ्तार

काठमाडौं । नेकपा प्रचण्ड-नेपाल पक्षका नेता अष्टलक्ष्मी शाक्य लगायतका नेतालाई प्रहरीले कलंकीबाट गिरफ्तार गरेको छ ।

प्रचण्ड-नेपाल पक्षले आज गरेको आमहड्तालका क्रममा कलंकी चोकतर्फ जाँदै गरेका नेता शाक्यलाई प्रहरीले गिरफ्तार गरेको नेता विष्णु रिजालले जानकारी दिएका छन् ।

आमहड्तालको अवज्ञा गरेको भन्दै बन्दकर्ताहरुले बिहानैदेखि गाडी तोडफोड र आगजनी गरेका छन् । आमहड्तालको अवज्ञा गरेको भन्दै काठमाडौं उपत्यकाको विभिन्न स्थानमा तोडफोड र आगजनी भएको हो । गोंगबूमा एउटा ट्याक्सी पूर्ण रुपमा जलाइएका छन् ।

महानगरीय प्रहरी आयुक्तको कार्यालयका अनुसार, काठमाडौं उपत्यकाका विभिन्न स्थानमा दर्जनभन्दा बढी गाडी तोडफोड भएका छन् । उपत्यकाबाट जवर्जस्ती बन्द गराएको, सवारी साधन चल्न नदिएको भन्दै ३५ जनाभन्दा बढी पक्राउ परेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *