ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

undermenu_ad

देशभर १ सय ४२ जनामा कोरोना संक्रमण पुष्टि

सेयर गर्नुहोस
  •  
  •  
  •  
  •  

काठमाडौं, माघ २१ । देशभरका विभिन्न प्रयोगशालामा गरीएको ३ हजार ५ सय ९७ वटा नमुना परीक्षण गरीएकोमा काठमाडौं उपत्यकामा ५५ जना सहित देशभर १ सय ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । हालसम्म देशभर कोरोना सक्रमण पुष्टि हुने संख्या २ लाख ७१ हजार १२ सय ८९ जना पुगेको छ । कोरोनाका करण थप १ जनाले ज्यान गुमाएका छन् ।

हालसम्म ज्यान गुमाउनेको संख्या २ हजार ३१ रहेको छ । गत चौबीस घण्टामा कोरोना मुक्त हुने संख्या २ सय ६ रहेको छ । हालसम्म कोरोना मुक्त हुने संख्या २ लाख ६७ हजार ६५ रहेको छ । कोरोना मुक्त हुने प्रतिशत ९८ दशमलव ४ रहेको छ ।

कोरोना खोपका विषयमा शन्का व्यक्त भैरहेको विषयमा चासो देखाउँदै विज्ञहरुले ढुक्क हुन आग्रह गरेका छन् । खोपले रोकथाम गर्ने भएपनि खोप लगाएपछि पनि सतर्कता कायमै राख्न जनस्वास्थ तथा सामुदायिक कार्यक्रम काठमाडौं विश्वविद्यालयका निर्देशक डा विराज कर्मचार्यले बताए।

औषधि व्यवस्था विभागले पनि खोप गुणस्तरीय रहेको भन्दै सामान्य साइड इफेक्ट्स देखिएपनि खोपमा समस्या नरहेको औषधि व्यवस्था विभागका महानिर्देशक भरत भट्टराइले बताए। देशभर क्वारेन्टिनमा ९५ जना र संक्रिय संक्रमित २ हजार ३ सय ३५ रहेका छन् ।

अबको तीन दिनभित्र चिकित्सक स्वास्थ्यकर्मीलाइ खोप लगाइने छ । यो चरणमा खोप लगाउन छुटेकाहरुलाइ उमेर अनुसार चरणम लगाइने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *