अख्तियारका प्रमुख आयुक्त सहित ३ जनाले पदभार ग्रहण गर्दा एक जनाले दिए राजीनामा

काठमाडौं माघ २१ ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेम कुमार राईले पदभार ग्रहण गर्दा आयुक्त गणेशराज जोशीले भने राजीनामा दिएका छन् । संवैधानिक परिषदले सिफारिस गरेका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त राईले आज कार्यभार ग्रहण गर्दाँ अर्का आयुक्त जोशीले भने राजनीनामा दिएका हुन् ।
राष्ट्रपति निवास सितल निवास पुगेर पद तथा गोपनियताको सफत खाएका राईले आज नै टंगाल स्थित कार्यलयमा पुगेर कार्यभार ग्रहण गरेका थिए । राई संगै नवनियुक्त आयुक्तहरु जयबहादुर चन्द र किशोरकुमार सिलवालले कार्यभार ग्रहण गरेका थिए भने आयुक्त गणेशराज जोशीले राजीनामा दिएका हुन् ।
नेपालको संविधानकोले संवैधानिक निकायमा सिफारीस भएका पधादिकारीले संसदिय समितिमा सुनुवाईमा सहभागि हुनु पर्ने भनिएपनि विना सुनुवाई सपथ गराएको भन्दै आलोचना भइरहेको छ ।