ट्राफिक कार्बाहीमा पर्नुभयो ? अब घरमै बसेर अनलाईन शुल्क तिर्नुस

महानगरिय ट्राफिक प्रहरी महाशाखाले सवारी चालकलाई सहज होस् भनी अनलाइनबाटै जरिमाना रकम भुक्तान गर्न मिल्ने प्रणाली सुरु गरेको छ । यसअघि बैंकमा लाइन बस्नुपर्ने भएकोले धेरै समय खर्चिनु पर्ने र झन्झटिलो प्रकृया बेहोर्नु पर्ने समस्याको निराकरण भएको छ । मोबाईल अनलाईनबाटै ट्राफिक नियम उल्लङ्घन गरे जरिमाना भुक्तान गर्न मिल्नेछ ।
ट्राफिक नियम उल्लंघनको जरिवाना अनलाइनबाटै भुक्तानी गर्न सकिने गरि महानगरिय ट्राफिक प्रहरी महाशाखाले अनलाइबाटै भुक्तानी गर्न मिल्नेगरी बुधबारबाट अनलाईन सेवा सञ्चालनमा ल्याएको छ । अनलाईन सेवा प्रदायक कम्पनि ई सेवा र नेपाल क्लियरिङ हाउस लिमिटेड संगको सहकार्यमा उक्त सेवा सन्चालनमा ल्याएको हो ।


नियम उल्लंघन बापत बुझाउनुपर्ने जरिवाना बैंकमा लाईन बसेर भौचर देखाउन ट्राफिक कार्यालयनै धाउनुपर्ने बाध्यता अन्त्य हुने र भिडभाड पनि कम हुने महाशाखाले बाताएको छ । ट्राफिकको यो अनलाईन भुक्तानीमा सहकार्य गरेको ई सेवाका १ सय ६९ वटा विजुलिका कार्यलय १ सय ४० खानेपानी कार्यलय राजश्व लगायत गरि ३० भन्दा धेरै सरकारी सेवा तथा ४ सय धेरै सरकारी कार्यलयले अनलाईन सेवा प्रदान गरेका छन् ।
जसमा ४० लाख धेरै सेवाग्राही मोबाईल बैंकिङ कारोबारमा मात्र १ करोड सेवाग्राहीलाई नीजि रुपमा सेवा लिईरहेका छन् । अन्य सरकारी कार्यलयमा पनि अनलाईन सेवामा सहकार्य भैरहेको ई सेवाले बताएको छ । ट्राफिकको यो अनलाई सेवामा जोडिएको नेपाल क्लियरिङ हाउस लिमिटेडले अनलाईन सरकारी तथा नीजि गरि दिनमै २ लाख सेवाग्राहीको ४५ अर्ब कारोबार गरिरहेको छ । यो कम्पनिले ट्राफिकसंग पनि सहकार्य गरेको हो ।

नेपाल क्लियरिङ हाउस लिमिटेड ट्राफिक प्रहरीको अनलाईन सेवा प्रभावकारी भएको र आफूहरुलाई पनि सहज भएको सेवाग्राही बताउँछन् । सुरुमा सवारीको कागजपत्र हराउँदाको समस्यामा अनलाईन फर्मबाटै सेवा सहज बनाएको ट्राफिक प्रहरी महाशाखाले सवारी हराउने विषयमा निवेदन अनलाईन गरेको थियो ।
लकडाउनको समयमा ट्राफिक नियम उलंघन गर्दा भौतिक उपस्थितिमा कक्षा लिनुपर्नेमा अनलाईन कक्षा सुरु गरेको थियो जसमा दिनमै ६ सय धेरै सेवाग्राही यो समस्यामा पर्थे भने हाल ८० प्रतिशत धेरै सेवाग्राही अनलाईन सेवामा जोडिएको ट्राफिक प्रहरी महाशाखाले बताएको छ । आगामी दिनमा अनलाईन सेवा विस्तार गर्दै जाने ट्राफिक प्रहरी महाशाखाले बताएको छ ।