ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

गाजाँमा पाइने कैनेबिनाइड्स तत्व हाम्रो मस्तिस्कले आफै उत्पादन गर्छ

काठमाडौं माघ २१ । सन १९७० ताका नेपालमा गाजाको उत्पादन तथा वितरणमा रोकावट थिएन । काठमाडौं उपत्यकाका विभिन्न स्थानमा गाजाको व्यापार नै हुने गरेको थियो ।त्यसमाथी नेपाली गाजाँ विश्व बजारमा ब्रान्डको रुपमा विकास हुदैं गर्दा सन १९७६ मा अमेरिकी दवाका कारण उत्पादन तथा वितरणमा रोक लगाउन बाध्य भयो । तर पुन: गाजा खुल्ला विषयमा बहस सुरु भएको छ भने संसदमा समेत यस विषयले प्रवेश पाइसकेको छ ।  विश्वमा नै खुल्ला हुने क्रममा रहेको गाजाँ के हो ?

गाजाको बैज्ञानीक नाम हो कैनेबिस । यसलाई दुई समुहमा राखेर हेर्ने गरिन्छ । केनाबिसको बोट नै भाङ हो । यसबाट गाजाँ, भाङ र चरेसको निर्माण गरिन्छ । भाङ्को फुलबाट गाजाँ तयार पारिन्छ । यसको फूललाई सुकाउन गरिन्छ जस्लाई सुर्ति वा चुरोट जस्तै धुवाको सेवन गरिन्छ । यसबाहेक खाने र पिउन पनि सकिन्छ ।  गाजाँ जस्तै अर्को उत्पादन हो चरेस । चरेस यसको चोपबाट तयार हुन्छ । तेस्तै भाङ विरुवाको पत्तालाई घोलेर तयार पारिन्छ । यसलाई खान वा पिउन सकिन्छ । यि ३ वटै साइकोएकटिव ड्रगको सुचिमा पर्छन यिनिहरुले हाम्रो दिमागमा नसा चडाउने गर्छ ।

भाङको विरुवामा कैनेबिनाइड्स नामको तत्व हुन्छ । १ सय ५० प्रकारका कैनेरोबिनाइड्स हुन्छ भने टिएजसी र सिबिडीलाई मुख्य मानिन्छ । टिएचसीले दिमागलाई चुलबुले बनाउछ । जति धेरै टिएजसी भयो मानिस तेति नै चुलबुले हुन्छ भने सिबिडि बढि भए मानिस शान्त वा गम्भिर हुन्छ । गाजामा पाइने तत्व हाम्रो मस्तिस्कले समेत उत्पादन गर्ने अध्ययनले देखाएको छ । गाजाँले फरक फरक किसिमले प्रभाव पार्ने गर्छ । मस्तिस्कको विकास भइ  नसेको अवस्थामा गाजाँको प्रयोग गर्न नहुने जनाइएको छ भने गर्वति तथा मानसिक रोगिलाई समेत असर गर्ने अध्ययनले देखाएको छ ।

रोग अनुसरा यसको प्रभाव फर फरक हुने भएका कारण पनि यसलाई रोग अनुसार प्रयोग गर्ने गरिन्छ ।  रोगिका लागि गाजाँको प्रयोग भन्दा बढि स्वास्थ्य व्यक्तिले गाजाँ सेवन गर्न सक्ने सदगुरुको भनाई छ ।तर नशाका लागि नभइ स्वास्थ्यका लगि । उनी एक खोजलाई आधार मान्दै भन्छन् दिमागमा लाखौं कोसले यसमा पाइने त्तवको माग गर्छन र सोही दिमागमा उत्पादन गर्छ ।
 

Leave a Reply

Your email address will not be published. Required fields are marked *