सताब्दी पुरा गरेको छातेढुंगा संरक्षणको पर्खाइमा
सक्रान्ति बजार माघ २१ । छाता अर्थात घाम पानिबाट बच्नका लागि तयार पारिएको ओत लाग्ने आधुनिक सामग्री । आवस्यक्ता अनुसार सान देखि ठूलासम्म निर्माण गरिएको छ । एक जना देखि धेरै व्यक्ति ओत लाग्न सक्ने छाताले परम्परागत घुम, बोरा जस्ता सामग्रीलाई क्रमश विस्थापित गर्दैं आएको छ । यसरी मेसिनमा निर्माण गरिएका छाताका प्रयोग कर्ताका लागि ढुंगाको छाता भन्ने अपत्यारिलो लाग्छ सक्छ । तर तेह्रथुमको आठराई गाउँपालीकामा रहेका छातेढुंगा पर्यटकको पहिलो रोजाईमा परेको छ ।
पहिलो पटक देख्ने सवैलाई आस्चार्य लाग्ने छातेढुंगा प्राकृतिक भने हैन । वि.स.१९८१ माघ १८ गतेका दिन स्थानीयवासी शुकलाल कन्दङवाले यसको निर्माण गरेको ढुंगाको खम्बामा रहेको किम्वदन्तिमा पाइन्छ । विशाल ढुंगाको खाबोमा कलारात्म रुपमा राखिएको छाता त्यसमाथी कुदिएका चित्रहरुले आठराईको परिचय अझ फराकिलो बनाएको छ ।
उल्लेख छ । आठराईको ऐतिहासिकता संग जोडिएको यो पर्यटकीयस्थल प्रर्वद्धनका लागी राज्यको उपस्थिती भने सुन्य देखिन्छ । यसको सरक्षण र प्रवद्र्धन गर्न सके पूर्वको पर्यटकीय क्षेत्रको रुपमा थप विकास गर्न सकिने स्थानीय बताउँछन् । चन्द्र, सूर्य, तारा, नाग,माछालगायतका देवदेवीका चित्रले पर्टनमात्र नभए धार्मिक आस्थाको समेत पर्याय जस्तै बनेको छ । भने यहि ढुंगाको नामबाट तत्कालिन गाविसको नामाकरण समेत गरिउको थियो छातेढुंगा ।
पाचथर सदरमुकाम फिदिमबाट करिव ४०- ४५ किलोमिटरको दुरिमा रहेको छातेढुंगा सहजरुपमा पुग्न सकिन्छ । मध्यपहाडी राजमार्ग छोडेर केही किलोमिटरको दुरिमा पुग्न सकिने उत्क स्थान पैदल यात्रुका लागि सवै भन्दा रोमाञ्चक स्थान हो । तमोर नदिबाट उकालो पैदल यात्रा पश्चात एकाएक खुल्ला स्थानमा पुग्ने पैदल यात्रुका लागि विसाल ढुंगाका छहारीमात्र हैन एक अनुपम उपहार समेत हो ।
तत्कालीन लिम्बूराजा कन्दङ्वाले ढुङ्गा निर्माण गर्न लगाएको पाइन्छ । आज पनि उक्त स्थानमा उनीहरुका बंश पाइन्छ । लिम्बु भित्रको कन्दङ्वाहरुको आझपनि आठराईमा बसोबास गर्दै आएको पाइन्छ । आठराई आफैमा पर्यटकिय गन्तव्य भएपनि यसको उचित प्रचार प्रशारको अभावमा भने सम्पदाहरु ओझेलमा परेका छन् ।
स्मरणिय कुरा त यो छ कि यो एउटै छातामुनी ५ देखि ७ जना अटाउन सकिन्छ भने यस्ता ढुंगाहर एउटामात्र छैनन् । ३ तहका सरकार निर्माण भएसंगै यसको प्रचार तथा संरक्षणले गति लिने अपेक्षा गरेपनि त्यसो हुन सकेको छैन ।