ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

महिला लिगः वालिङ नगरपालिकाको दोस्रो जित

काठमाडौं, माघ २० । चन्द्रपुर नगरपालिका रौतहटमाथि ३–० को जित निकालेर वालिङ नगरपालिका स्याङ्जाले राजधानीमा जारी महिला राष्ट्रिय लिगमा दोस्रो जित निकालेको छ । पहिलो चरणका खेल सकिँदा सम्मको खेलमा वालिङले दोस्रो जित निकालेको हो ।

अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयको मैदानमा सम्पन्न खेलमा वालिङलाई जिताउन तीन गोल विदेशी खेलाडीले गरे । पहिलो पटक महिला टोलीमा विदेशी खेलाडी समावेश गरेको वालिङले ३७औं मिनेटमा टोउटा आर्नेलाको गोलबाट अग्रता लिएको थियो । सुरुआती केही मिनेट प्रतिस्पर्धात्मक देखिएको खेलपहिलो हाफ सकिन लाग्दा चन्द्रपुर पुरै दबाबमा परेको थियो । ४५औं मिनेटमा मेथो रुथले गोल गर्दै वालिङलाई पहिलो हाफमा २–० को अवस्थामा पु¥याएकी थिइन् ।

पहिलो हाफको नतिजाबाट उच्च मनोलबलमा बटुलेको वालिङले दोस्रो हाफमा पनि पहिलो हाफमा देखाएको प्रदर्शनलाई निरन्तरता दियो । ५४ औं मिनेटमा मेथो रुथले व्यक्तिगत दोस्रो गोल गर्दै वालिङको अग्रता तेब्बर पारिन । बाँकी समयमा रक्षात्मक देखिएपछि गोलका लागि अवसर खोजेको चन्द्रपुरले अग्रता छोट्याउन सकेन । पाएका केही राम्रा अवसर वालिङको रक्षापंक्तिले रोक्दा चन्द्रपुर निराश भएको हो ।

जारी लिगमा दोस्रो जित निकालेको वालिङले तालिकामा ६ खेलबाट ८ अंक बनाएको छ । वालिङ चौंथो स्थानमा उक्लिएको छ । यता पराजित चन्द्रपुरले ६ खेलमा ३ अंक जोडेको छ । जारी प्रतियोगितामा पाँचौ हार भोगेको चन्द्रपुर लिग तालिकाको छैटौं स्थानमा छ । प्रतियोगितामा बुधबार दुई खेल हुँदा पहिलो चरणका खेल सकिनेछन् ।

पहिलो चरणका अन्तिम खेल अन्तर्गत दिनको पहिलो खेल मोफसलको टोली चौदण्डीगढी नगरपालिका उदयपुर र विभागीय टोली त्रिभुवन आर्मी तथा दिनको दोस्रो खेल अर्को विभागीय टोली नेपाल पुलिस क्लब र विराटनगर महानगरपालिका मोरङबीच खेल हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *