ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

विभेदमा परेको भन्दै वीर अस्पतालका आवाशिय चिकित्सकहरु आन्दोलनमा

माघ २०,काठमाडौं । कोरोना महामारीमा सबैभन्दा जोखिम मोलेर काम गर्ने मध्येका चिकित्सकहरु सरकारले दिने भनेको सुविधा नपाएर निराश छन् । देशकै पुरानो सरकारी अस्पताल वीरमा कार्यरत २ सय भन्दा धेरै रेजिडेन्ड डाक्टरहरुलाई कोरोना महामारीमा काम गरेको जोखिम भत्ता नपाएको भन्दै आन्दोलनमा नै उत्रिनु परेको छ ।

१० महिना सम्म जोखिम भत्ता नपाउदा पनि आफुहरुले दिने स्वास्थ्य सेवा नरोकेको तर अति भएपछि आन्दोलन भएको चिकित्सकहरु बताउछन् । सबै कर्मचारीले जोखिम भत्ता पाइरहँदा आफूहरुलाई विभेद गरिएको उनीहरुको गुनासो छ ।

कोरोना महामारीको समयमा सम्पूर्ण अस्पताल कोभिड वार्ड, आसियु सबै क्षेत्रमा काम गर्ने आवासीय चिकित्सकहरु भएपनि जोखिम भत्ता पाउने बेलामा अरुलाई दिने आफुहरुलाई नदिने गरिएको उनीहरुको गुनासो छ । माग पुरा नभए अझै सशक्त आन्दोलन गर्ने चेतावनी समेत उनीहरुले दिएका छन् ।

अस्पताल प्रशासनले भने विभेद नभएर पैसाको अभावले भत्ता दिन नसकिएको दाबी गरेको छ । अस्पतालका निर्देशक डा केदार प्रसाद सेन्चुरीले पैसा नभएको कारणले ढिला भएको नदिने नीति नरहेको बताए ।

ज्यान जोखिममा राखेर अग्रपंक्तिमा खटिई घर परिवार नभनि दिनरात कोरोना बिरामिको सेवामा आवद्ध रहेका चिकित्सकहरुले पाउनुपर्ने कोरोना जोखिम भत्ता समयमा नपाउनु विडम्बनाको विषय हो । वीरमा कार्यरत अधिकाँश चिकित्सकले झन्डै दश महिनादेखि जोखिम भत्ता पाएका छैनन् । देशमा कोरोना महामारी चलिरहेको समयमा अग्रमोर्चामा खटिने चिकित्सकले यस्तो अन्याय भोग्नुपर्ने अवस्थाबारे सम्बन्धित निकायको ध्यान जान जरुरी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *